गठबन्धन सरकारको गलत नीतिका कारण मुलुक कमजोर भयो : ओली
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको गलत नीतिका कारण मुलुक कमजोर भइरहेको बताएका छन् । अध्यक्ष ओलीले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर हुनुमा पनि गठबन्धन सरकारको गलत नीति नै मुख्य कारण रहेको जिकिर समेत गरे ।
शनिवारबाट काठमाडौँको टुँडिखेलमा शुरु भएको युवा महोत्सव कार्यक्रममा बोल्दै उहाँले ५ हजार भन्दा बढी अनुभवले खारिएको नेपाल शिक्षा र स्वास्थ्य क्षेत्रको हव हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे । अध्यक्ष ओलीले रेमिट्यान्सको भरमा मुलुक चल्ने कुरा खतरनाक हुने भएपनि सरकार त्यसैमा आनन्द मानेर बसिरहेको समेत बताए । युवालाई उद्यमी बनाउने काममा प्रेरित गर्न नसकिएको उल्लेख गर्दै उनले त्यस काममा पनि सरकारले ध्यान नदिएको बताए ।
‘गठबन्धनवालाहरुको नीति नै गलत छन् । नेपाललाई शिक्षाको हब बनाउनुपर्ने, स्वास्थ्यको हव बनाउनुपर्ने । यहाँ शिक्षा र स्वास्थ्यको अवसर समाप्त पार्ने काम भइरहेको छ । यसलाई प्राविधिक शिक्षाको हब बनाउनुपर्ने, यस्तो ठाउँमा आज शिक्षाका लागि बाहिर जाने अवस्था छ’ उनले भने, ‘जसको ५ हजार भन्दा पुरासो शिक्षाको अनुभव छ । त्यो ठाउँमा शिक्षा कमजोर भइराखेको छ । यी समस्याहरु छन । अव्यवस्था छ । यसले एउटा डरलाग्दो निराशा पैदा गरेको छ । युवाहरु सहज ढंगले रोजगारी खोज्ने, उद्यमशीलतातिर हामीेले प्रेरित गर्न सकिरहेका छैनौं । समस्याहरु छन् । तर समाधान पनि छ ।’
अध्यक्ष ओलीले वर्तमान सरकारले राष्ट्रिय उत्पादनमा जोड नदिन मुलुक रेमिटयान्स अर्थतन्त्रमा निर्भर हुनुपर्ने अवस्था आएको बताए । उनले देशको विकास अरु कुनै राष्ट्रले नभई आफैंले गर्नुपर्ने भएकाले त्यस काममा युवाहरु अग्रसर हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज केन्द्रित अमेरिकी आक्रमण तीव्र
-
सरकारबाट फिर्ता हुन कांग्रेस मन्त्रीको अटेरी, बैठकमा सहभागी भएनन्
-
तीन महिनामा ९० हजार लाइसेन्स वितरण, १९ करोड ८२ लाख राजस्व सङ्कलन
-
प्रदेश सरकारमा सहभागी हुन कांग्रेस–एमालेसामु नेकपाको तीन सर्त
-
देश स्टन्टले बन्दैन साथी !
-
पाँचथर र दाङमा जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण