आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् प्रधानमन्त्री कपको रोमाञ्च
प्रधानमन्त्री कप

तस्बिरमा हेर्नुहोस् प्रधानमन्त्री कपको रोमाञ्च

शनिबार, २० माघ २०८०

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटले शनिवार विजेताका रूपमा नेपाल पुलिस क्लबलाई पाएको छ । पुलिसले शनिवार कीर्तिपुरमा सम्पन्न फाइनलमा विभागीय टोली नेपाल आर्मी क्लबलाई हराउँदै उपाधि उचालेको हो । पुलिस तेस्रो पल्ट च्याम्पियन भयो । 

उपाधि जित्ने क्रममा पुलिसले आफ्नो अपराजित यात्रालाई प्रतियोगिताभर कायम राख्यो । पुलिसले लिगमा ९ र फाइनल गरी कुल १० खेलको नतिजा आफ्नो पक्षमा पार्‍यो । प्रतियोगिताभर कुल ४६ खेल सम्पन्न भए । यसबिच यस पटक धेरै आशालाग्दा प्रदर्शन भए । हुन त सकारात्मक नतिजा आउँदा खेल मैदानको प्रभाव पनि रह्यो ।

pm cup (19)

यस पटक केन्द्रसँगै मोफसलमा गरी तीन स्थानमा खेल आयोजना भयो । भैरहवामा ११ खेल सञ्चालन भए । बाँकी खेल मुलपानी क्रिकेट मैदान र कीर्तिपुरको त्रिवि मैदानमा खेल भयो । त्रिवि क्रिकेट मैदानमा ब्याटिङ फ्रेण्ड्ली देखिँदा धेरै रनसँगै शतक पनि बने । त्यो पनि लगातार शतक बनेको इतिहास पनि रह्यो । मुलपानी क्रिकेट मैदानमा भने बलरका लागि सहयोगी बन्यो । विशेषतः स्पिनरका लागि यो स्थान उत्तम बन्यो । त्यसैले पनि लगातार एउटै बलरले ४÷५ विकेट आफ्नो नाममा लेखाए ।

यता, शतक त्रिवि क्रिकेट मैदानमा मात्र बन्यो । ९ ब्याटरले कुल १० शतक बनाए । ती सबै त्रिवि क्रिकेट मैदानमा मात्र सम्भव भएको हो । आर्मीका कप्तान विनोद भण्डारीको नाममा दुई शतक रह्यो । त्यसबाहेक पुलिसका रासिद खान, एपिएफका सन्दीप जोरा, आसिफ शेख, कोशीका सुजन थपलिया, सुदूरपश्चिमका नरेन भट्ट, वागमतीका आशुतोष घिरैया, मधेस प्रदेशका मायन यादव र अनिल साहले समान एक शतक बनाए । राष्ट्रिय टोलीका नियमित सदस्य आसिफ मात्र शतक बनाउन सफल भए ।

pm cup (20)

तर अन्य ब्याटर कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, कुशल मल्ल र भीम सार्कीको ब्याटबाट शतक निस्केन । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका ब्याटर शतक बनाउन असफल रहे । यद्यपि, कर्णालीको प्रदर्शन भने यादगार बन्यो र पहिलोपटक विभागीय टोलीलाई हरायो । कर्णालीले विभागीय टोली एपिएफमाथि जित निकाल्दै शीर्ष चारको समीकरणमा नै उथलपुथल बनाइदियो । रोहितकुमार पौडेलको कप्तानीमा रहेको एपिएफ लिगमा शीर्ष चारभित्र नै अटाउन असफल रह्यो र इलिट ट्रफी खेल्न नै वञ्चित भयो ।

pm cup (17)

लिगमा शीर्ष चारभित्रका टोलीले इलिट ट्रफी खेल्नेछन् । त्यसभित्र पुलिस, आर्मीसँगै बागमती र मधेस प्रदेश अटाएका छन् । यद्यपि, नेपाल क्रिकेट संघ (क्यान) ले इलिट ट्रफी कुन फरम्याट, कहिले र कहाँ हुने बारे भने स्पष्ट पारिसकेको छैन । यसै प्रतियोगिताबाट आर्मी छाड्दै एपिएफको कप्तानी जिम्मेवारीसहित एपिएफ पुगेका राष्ट्रिय टोलीका कप्तान रोहितका लागि सहजै भएन । यता, यस प्रतियोगिताबाट कर्णालीले ‘अन्डरडग’ छविमा सुधार ग¥यो । लुम्बिनी र कोशी प्रदेशले भने आशातित प्रदर्शन गर्न सकेनन् ।

pm cup (16)

कर्णालीले चार जित निकाल्ने क्रममा लुम्बिनी, गण्डकी र कोसीलाई हरायो । नवौँ खेलमा लुम्बिनीलाई हराउँदै कोशीले सुखद् अन्त्य गर्‍यो, त्यसबाहेक भने उसको प्रदर्शन बिर्सनलायक नै रह्यो । सर्वाधिक रन बनाउने सूचिको शीर्ष ६ राष्ट्रिय टोलीका कुनै पनि सदस्य परेनन् । सर्वाधिक रनकर्ताको शीर्ष १० भित्र नै राष्ट्रिय टोलीका कप्तान रोहित मात्र अटाए । बलिङमा भने स्पिनर पूर्ण हाबी भए । सर्वाधिक विकेटकर्ताको सूचिमा नै स्पिनर रहे ।

pm cup (6)

वागमतीका सूर्य तामाङले सर्वाधिक ३० विकेट लिँदा अन्य स्पिनर सुदूरपश्चिमका शेर मल्लले २४, पुलिसका ललितनारायण राजवंशीले २३, आर्मीका साहब आलमले २३ र गण्डकीका विपिन खत्रीले २० विकेट लिए । तीव्र गतिका बलर सोमपाल कामीको नाममा १९ विकेट रह्यो । तीव्र गतिका बलरमा उनी नै धेरै विकेटकर्ता हुन् । ब्याटिङ र बलिङ दुवैमा राष्ट्रिय टोलीका खेलाडीको प्रदर्शन सन्तोषजनक रहेन । यद्यपि, केही प्रतिभावान् खेलाडी भने यो प्रतियोगिताबाट आएका छन् । नयाँ खेलाडीले ब्याटिङ र बलिङ दुवैमा प्रभाव छाडे । जुन सकारात्मक पक्ष हो ।

pm cup (1)pm cup (2)pm cup (3)pm cup (4)pm cup (5)pm cup (7)pm cup (8)pm cup (9)pm cup (10)pm cup (11)pm cup (12)pm cup (13)pm cup (14)pm cup (15)pm cup (18)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया