बर्दियामा वृद्धासहित दुई किशोरीमाथि जबरजस्ती करणी
काठमाडौँ । बर्दिया जिल्लामा तीनवटा जबरजस्ती करणीका घटना सार्वजनिक भएका छन् । एक वृद्धासहित दुई जना किशोरमाथि जबरजस्ती करणी भएको नेपाल प्रहरीले जानकारी दिएको हो ।
६८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-११ मिलन चोक बस्ने ३० वर्षीय रामकिसुन थारूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थारूले सोही नगरपालिका-११ बिजयनगरस्थित कपास विकास फारममा गत १४ गते ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी बर्दियाकै १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-४ कैलाशनगर बस्ने ६७ वर्षीय पंम बहादुर रानाभाटलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रानाभाटले ती बालिकालाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै बर्दियामै १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-६ महुवा बस्ने १५ वर्षीय किशोरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । ती किशोरले ललाई फकाई बाँके नेपालगंज उपमहानगरपालिका-१ बेलासपुरस्थित दाजु नाता पर्ने व्यक्तिको कोठामा लगी माघ ४ देखि १४ गतेसम्म जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उता सर्लाहीको १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हरिपुर नगरपालिका-७ चितायन बस्ने ४८ वर्षीय सिकिन्द्र चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण