गोली प्रहारबाट सुनचाँदी पसल सञ्चालक घाइते
नवलपरासी पश्चिम । अपरिचित व्यक्तिहरूको गोली प्रहारबाट सुस्ता गाउँपालिका-१ वरुवास्थित न्यु धौलागिरी सुनचाँदी पसलका सञ्चालक बर्दघाट नगरपालिका-४ देविनगर बस्ने ६२ वर्षीय गजेन्द्र विक शनिबार साँझ घाइते भएका छन् ।
गजेन्द्रले पसल बन्द गरी लु.४८ प ७४३५ नम्बरको स्कुटरमा छोरासँगै घर फर्किने क्रममा बर्दघाट नगरपालिका-१६ कुकुरमारास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरूले गजेन्द्रमाथि गोली प्रहार गरी स्कुटरसमेत लिई फरार भएको भन्ने खबर इलाका प्रहरी कार्यालय सेमरीमा प्राप्त भएको थियो । तत्काल खटिएको प्रहरीले घाइते गजेन्द्रलाई उपचारको लागि सामुदायिक अस्पताल चिसापानी लगेको थियो । उक्त अस्पतालबाट तिनाउ इन्टरनेशनल अस्पताल बुटवल रुपन्देहीमा रिफर गरिएकोमा पुनः थप उपचारको लागि भैरहवा मेडिकल कलेजमा रिफर गरिएको छ ।
प्रहरीले गोली प्रहार गर्ने व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण