नाबालिकाको नक्कली फेसबुक बनाएर अश्लील म्यासेज पठाउने पक्राउ
काठमाडौँ । नाबालिकाको नाम र तस्बिर राखेर फेक फेसबुक एकाउन्ट बनाएर चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँको कीर्तिपुर नगरपालिका–१० निवासी ३७ वर्षीय राजकुमार महर्जन रहेका छन् ।
महर्जनले फेक फेसबुक अकाउन्टबाट सामाजिक सञ्जालमा रहेका साथीहरूलाई मेसेन्जरबाट अश्लील म्यासेजहरू पठाउने गरेका थिए । यसबाट नाबालिकालाई मानसिक तनाव, दुःख हैरानी दिई चरित्र हत्या समेत गरेकाले पीडितको आफन्तले साइबर ब्यूरोमा उजरी दिएको प्रहरी उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।
यस विषयमा अनुसन्धान तथा प्रविधि विश्लेषण गर्दै जाने क्रममा उक्त काम महर्जनले गरेको खुलेको थियो । उनलाई विद्युतीय कारोबार ऐन २०६३ बमोजिमको कसुरमा काठमाडौँ महानगरपालिका–२७ भोटाहिटी चोकबाट गत माघ १८ गते पक्राउ गरिएको थियो । महर्जनलाई काठमाडौँ जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान भइरहेको उपरीक्षक चन्दको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण