कार्यान्वयन गर्नेगरी धेरैभन्दा धेरै विधेयक पारित गर्न जरुरी छ : सभामुख घिमिरे
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कार्यान्वयनको सुनिश्चिततासहित संसदबाट विधेयक पारित गर्नुपर्ने बताएका छन् । आइतवार संघीय संसद भवनको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सोमवारबाट शुरु हुने हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा संसद भवनको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राज्यलाई आवश्यक परेका विधेयकमाथि आवश्यक छलफल गरेर विधेयकहरु पारित गर्नुपर्ने बताए । उनले पारित गर्नुमात्रै ठूलो कुरा नहुने भन्दै पारित गरिएका विधेयकहरु कार्यान्वयन गर्नेगरी अघि बढ्नुपर्ने बताए । उनले संसदको सौन्दर्यता भनेकै आवश्यक विधेयक पारितपछि कार्यान्वयन गर्नु रहेको बताए ।
‘राज्यलाई आवश्यक परेका विधेयकमाथि आवश्यक छलफल गरेर विधेयकहरु पारित गर्ने । पारित यसमानेमा कि कार्यान्वयन गर्नेगरी विधेयकहरु धेरैभन्दा धेरै पारित गर्नुपर्ने जरुरी छ । संसदको त्यही सौन्दर्यताकासाथ जाने हो’ उनले भने, ‘भौतिक संरचनाको सौन्दर्यता भन्दा पनि आवश्यकता के हो ? त्यो पूरा गर्नु नै सबैभन्दा ठूलो सौन्दर्यता हो । त्यस कुरामा नै सबैको ध्यान जाने र प्राप्त गर्नेगरी भोलिबाट अधिवेशन चलाउनुपर्छ ।’
घिमिरेले संसद क्यालेण्डरअनुसार चलाउनुपर्नेमा जोड दिइरहेको बताए । उनले प्रिबजेट छलफलका लागि कानूनी प्रवन्ध अध्यादेशमार्फत आएको र सरकारले आवश्यक ध्यान दिइरहेको पनि बताए । ‘यसपाली क्यालेण्डरको आधारमा जाने अठोट सबैले गरौँ भनेर प्रयत्न गरिरहेका छौँ । प्रिबजेटका लागि कानूनी प्रवन्ध अध्यादेशमार्फत आएको छ’ घिमिरेले भने, ‘सरकारले बिजनेसको कमी हुँदैन भनेको छ । १८ वटा मन्त्रालयबाट छ भनेको छ । दुईवटा संसद सचिवालयमा दर्ता भएको छ ।’
सभामुख घिमिरेले सरकारले हिउँदे अधिवेशनमा बिजनेसको कमी नहुने जनाएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण