आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कार्यान्वयन गर्नेगरी धेरैभन्दा धेरै विधेयक पारित गर्न जरुरी छ  : सभामुख घिमिरे

आइतबार, २१ माघ २०८०, १७ : २६
आइतबार, २१ माघ २०८०

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कार्यान्वयनको सुनिश्चिततासहित संसदबाट विधेयक पारित गर्नुपर्ने बताएका छन् । आइतवार संघीय संसद भवनको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्  ।

उनले सोमवारबाट शुरु हुने हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा संसद भवनको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राज्यलाई आवश्यक परेका विधेयकमाथि आवश्यक छलफल गरेर विधेयकहरु पारित गर्नुपर्ने बताए । उनले पारित गर्नुमात्रै ठूलो कुरा नहुने भन्दै पारित गरिएका विधेयकहरु कार्यान्वयन गर्नेगरी अघि बढ्नुपर्ने बताए । उनले संसदको सौन्दर्यता भनेकै आवश्यक विधेयक पारितपछि कार्यान्वयन गर्नु रहेको बताए । 

‘राज्यलाई आवश्यक परेका विधेयकमाथि आवश्यक छलफल गरेर विधेयकहरु पारित गर्ने । पारित यसमानेमा कि कार्यान्वयन गर्नेगरी विधेयकहरु धेरैभन्दा धेरै पारित गर्नुपर्ने जरुरी छ । संसदको त्यही सौन्दर्यताकासाथ जाने हो’ उनले भने, ‘भौतिक संरचनाको सौन्दर्यता भन्दा पनि आवश्यकता के हो ? त्यो पूरा गर्नु नै सबैभन्दा ठूलो सौन्दर्यता हो । त्यस कुरामा नै सबैको ध्यान जाने र प्राप्त गर्नेगरी भोलिबाट अधिवेशन चलाउनुपर्छ ।’ 

घिमिरेले संसद क्यालेण्डरअनुसार चलाउनुपर्नेमा जोड दिइरहेको बताए । उनले प्रिबजेट छलफलका लागि कानूनी प्रवन्ध अध्यादेशमार्फत आएको र सरकारले आवश्यक ध्यान दिइरहेको पनि बताए । ‘यसपाली क्यालेण्डरको आधारमा जाने अठोट सबैले गरौँ भनेर प्रयत्न गरिरहेका छौँ । प्रिबजेटका लागि कानूनी प्रवन्ध अध्यादेशमार्फत आएको छ’ घिमिरेले भने, ‘सरकारले बिजनेसको कमी हुँदैन भनेको छ । १८ वटा मन्त्रालयबाट छ भनेको छ । दुईवटा संसद सचिवालयमा दर्ता भएको छ ।’

सभामुख घिमिरेले सरकारले हिउँदे अधिवेशनमा बिजनेसको कमी नहुने जनाएको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप