सहकारीमा देखिएको निराशा सरकारको प्राथमिकतामा पर्नुपर्छ : सभापति लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो समय वित्तीय संस्थाहरू बैङ्क र सहकारीमा देखिएको निराशा सरकारको प्राथमिकतामा पर्नुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानी गर्दै सभापति लामिछानेले सरकारले सत्ता टिकाउने, सरकार चलाउने र सरकार जोगाउने किसिमका कामका लागि मात्रै संसद् नभएर जनतासँग उत्तरदायी भएर काम गर्नुपर्ने बताएका हुन् ।
लामिछानेले सरकारले सत्ता टिकाउने गरी आवश्यक नभएको विधेयक संसद्मा पेस गर्ने तयारी सुनिएको भन्दै जनताप्रति उत्तरदायी सदन बनाउनुपर्ने बताए । उनले भने, ‘जनता प्रति उत्तरदायी सदन भएको हुनाले जनतासँग मात्रै उत्तरदायी बनोस् । यसलाई सत्ता टिकाउने,सरकार चलाउने र सरकार जोगाउने किसिमका कामका लागि होइन । जनताप्रति उत्तरदायी भएर कानुन बनाउने र खराब कानुनको बेथिति छ । खराब कानुनलाई ठिक गर्न सकिएन भने अगाडि बढ्न सकिँदैन भन्ने सोचेर त्यसमा खबरदारी गर्ने गरी संसद्मा रास्वपा तयारीका साथ आएको छ । आवश्यकता भन्दा बाहिरका कानुनहरू संसद्मा ल्याउने भनिएको छ । ४० कानुन आवश्यक भनिएको छ । त्यसमा सम्पत्ति शुद्धीकरणका कुराहरू छन् । वित्तीय संस्थाहरूमा देखिएको चरम एउटा निराशाको अवस्थामा बैङ्क सहकारी लगायतमा देखिएको निराशा सरकारको प्राथमिकतामा पर्छ कि पर्दैनन् । यस्ता विषयहरू सरकारको प्राथमिकतामा परोस् ।’
उनले जिम्मेवार राजनीतिक दलको तर्फबाट यो संसद् अधिवेशनलाई प्रभावकारी बनाउन गर्नुपर्ने कामको तयारीका साथ आएको जिकिर गरे । उनले सरकारले संसद्मा बिजनेस बढी भन्दा बढी दिनुपर्ने बताए । ‘ जिम्मेवार राजनीतिक दलको तर्फबाट यो संसद् अधिवेशनलाई प्रभावकारी बनाउन गर्नुपर्ने कामको तयारीका साथ आएका छौँ । बाँकी सरकारमा निर्भर गर्छ । सरकारले अघिल्लो अधिवेशनमा जस्तो बिजनेस नदिने जस्तो काम नगरोस्,’ उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा धारिलो हतियार प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ
-
पेटमा क्यान्सर हुनुभन्दा अघि देखिन्छ यी ५ लक्षण
-
२५ करोड प्रकरण : केन्द्रीय कारागारबाट भागेका कुसाङ लामा पक्राउ
-
कास्की बन्यो पूर्ण खोप सुनिश्चितता जिल्ला घाेषणा
-
बागमतीको डिजिटल पीआईएस पोर्टल हस्तान्तरण, ६ हजार ८७१ कर्मचारी लाभान्वित हुने
-
‘स्त्री २’को सफलतापछि श्रद्धा कपुरले बढाइन् पारिश्रमिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण