शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जापानद्वारा नेपाल जुडो संघलाई २४० वटा जुडो पोसाक हस्तान्तरण

मङ्गलबार, २३ माघ २०८०, १३ : ३५
मङ्गलबार, २३ माघ २०८०

काठमाडौँ । जापान सरकारले नेपाल जुडो संघलाई २४० वटा जुडो पोसाक हस्तान्तरण गरेको छ ।

नेपालका लागि जापानका राजदूत किकुता युताकाले नेपाल जुडो संघलाई २४० वटा जुडो पोसाक हस्तान्तरण गरेका हुन् । काठमाडौँस्थित जापानी राजदूतावासमा भएको कार्यक्रममा सो पोसाक हस्तान्तरण गरिएको थियो । बेइजिङमा २००८ मा भएको ओलम्पिकमा भाग लिनुभएका देवु थापाको समेत हस्तान्तरण कार्यक्रममा सहभागिता रहेको थियो । जापान सरकारको खेलकुद कूटनीति अभिवृद्धि परियोजनाअन्तर्गत अखिल जापान जुडो महासंघ र गैरनाफामुलक संस्था जुडोजले जुडो पोशाकहरु उपलब्ध गराएको हो । 

यस अवसरमा राजदूत किकुटाले जुडोको दैनिक अभ्यासबाट युवा जुडो खेलाडीहरूले जुडोमा सीप मात्रै नभई स्वस्थ शरीर र अदम्य मनोभावका साथै शिष्टाचार पनि सिक्न सक्ने कुरामा जोड दिए ।  त्यसैले जुडोले युवाको शारीरिक र मानसिक विकासमा सहयोग पुग्ने उनको विश्वास छ । आज हस्तान्तरण गरिएको जुडो पोशाकले नेपाली जुडो प्रेमीहरूको उत्साहलाई बढावा दिनुका साथै नेपालको भविष्यका रूपमा रहेका नेपाली युवाहरूको स्वस्थ विकासमा सकारात्मक भुमिका खेल्ने जापानी दुतावासले अपेक्षा गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप