विवाह गर्छु भन्दै १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
मङ्गलबार, २३ माघ २०८०, १८ : १३
दाङ । दाङमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना किशोर पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१२ बस्ने १६ वर्षीय किशोरलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
ती किशोरीलाई ललाई फकाई गरी विवाह गर्छु भनी आफ्नो घरमा समेत राखेर जबरजस्ती करणी गरेको र सोही कारण गर्भ समेत रहेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडा उपमहानगरको उपलब्धि : ४ वर्षमा १० किलोमिटर कालोपत्र सडक
-
नेदरल्यान्ड्स र मोरक्कोबिच प्रतिस्पर्धा सुरु
-
सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन
-
मनसुन थप सक्रिय, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
-
चन्द्रगढी वनमा आयुर्वेदिक औषणीय गुण भएका वनस्पति रोपिँदै
-
आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण