आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

छिटै आउँदै छ एक्सको सुपर एप

बुधबार, २४ माघ २०८०, ११ : ३३
बुधबार, २४ माघ २०८०

काठमाडौँ । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट एक्सको सुपर एप छिट्टै आउने सङ्केत देखिएको छ । कम्पनीका मालिक अमेरिकी खर्बपति व्यापारी एलन मस्कले एक्समा एउटा प्रोमो भिडियो शेयर गरेका छन् । यो भिडियोमा एक्सको लोगो छ भने लोगोको मुनि ‘द एभ्रीथिङ एप’ लेखिएको छ । 

गत वर्ष छापिएको एक समाचारमा एलन मस्कले एउटा सुपर एपमा काम गरिरहेको बताइएको थियो । यो एप आएपछि एउटै एपबाट धेरै खाले एपको सुविधा मिल्ने बताइएको थियो ।

के हो सुपर एप ?
एउटै एपमा धेरै खाले एपका सुविधा भएको एप नै सुपर एप हो । सुपर एपमा सामाजिक सञ्जाल एप्सदेखि लिएर अनलाइन सपिङ र यात्राका लागि टिकट बुकिङसम्मका सुविधाहरू हुन्छन् । एक्सले गत वर्षको डिसेम्बरमै मनी ट्रान्सफरका लागि लाइसेन्स पाएको थियो । तर कम्पनीले यसबारे आधिकारिक रूपमा कुनै जानकारी दिएको छैन । यो लाइसेन्स पाएपछि एक्सले आफ्नो युजरलाई भुक्तानी स्थानान्तरण गर्ने सुविधा प्रदान गर्न सक्नेछ । तर कम्पनीले यो सुविधा कहिले चलाउने भनेर अहिलेसम्म केही बताएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप