छिटै आउँदै छ एक्सको सुपर एप
काठमाडौँ । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट एक्सको सुपर एप छिट्टै आउने सङ्केत देखिएको छ । कम्पनीका मालिक अमेरिकी खर्बपति व्यापारी एलन मस्कले एक्समा एउटा प्रोमो भिडियो शेयर गरेका छन् । यो भिडियोमा एक्सको लोगो छ भने लोगोको मुनि ‘द एभ्रीथिङ एप’ लेखिएको छ ।
गत वर्ष छापिएको एक समाचारमा एलन मस्कले एउटा सुपर एपमा काम गरिरहेको बताइएको थियो । यो एप आएपछि एउटै एपबाट धेरै खाले एपको सुविधा मिल्ने बताइएको थियो ।
के हो सुपर एप ?
एउटै एपमा धेरै खाले एपका सुविधा भएको एप नै सुपर एप हो । सुपर एपमा सामाजिक सञ्जाल एप्सदेखि लिएर अनलाइन सपिङ र यात्राका लागि टिकट बुकिङसम्मका सुविधाहरू हुन्छन् । एक्सले गत वर्षको डिसेम्बरमै मनी ट्रान्सफरका लागि लाइसेन्स पाएको थियो । तर कम्पनीले यसबारे आधिकारिक रूपमा कुनै जानकारी दिएको छैन । यो लाइसेन्स पाएपछि एक्सले आफ्नो युजरलाई भुक्तानी स्थानान्तरण गर्ने सुविधा प्रदान गर्न सक्नेछ । तर कम्पनीले यो सुविधा कहिले चलाउने भनेर अहिलेसम्म केही बताएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण