रुविना श्रेष्ठ नागरिकता प्रकरणमा पर्साका सीडीओ भन्छन्– एक महिनादेखि अनुसूची फर्मको खोजी जारी

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित २ जनाविरुद्ध परेको जाहेरी सम्बन्धमा जिल्ला प्रशासन कार्यालय पर्साले खोजेको कागजात अझै फेला परेको छैन । नागरिकता वितरणका क्रममा संकलन भएको अनुसूची फर्म प्रशासन कार्यालयमै नभेटिएको हो ।
भुटो विवरणको आधारमा किर्ते गरी नागरिकता दिलाएको भन्दै गत पुस २४ गते जिल्ला प्रशासन कार्यालयमा वीरगञ्जका मेयर सिंह र रुविना श्रेष्ठविरुद्ध जाहेरी परेको थियो । सिंहले रुविनालाई किर्ते कागजातका आधारमा छोरी प्रमाणित गरेर नागरिकता दिलाएको आरोप छ ।
जाहेरी परेको एक महिना पूरा भएकै दिन पर्साका सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले अहिलेसम्म अनुसूची फर्मको खोजी जारी रहेको बताए । ‘जाहेरी आइसकेपछि हामीले यो प्रकरणमा अनुसन्धान थाल्यौँ, त्यसक्रममा अनुसूची फर्म नै गायब भएको पाइयो,’ उनले भने, ‘त्यो फाँटसँग सम्बन्धित कर्मचारीलाई पटकपटक समय दिएर फर्म खोज्न भनिरहेका छौं । तर पनि अहिलेसम्म भेटिएको छैन ।’
उनका अनुसार माथिल्लो निकायहरुबाट यो प्रकरणमा खोजबिन सुरु भइरहेकाले केही समय पछाडि सबैसँग सहकार्य गरेर अनुसन्धानको दायरा फराकिलो बनाइ बाँकी प्रक्रिया अगाडि बढ्छ ।
चर्चित नागरिकता प्रकरणमा जनता सन्तुष्ट हुने गरी नतिजा ल्याउन प्रशासन लागिपरेको प्रमुख जिल्ला अधिकारी भुसालले सुनाए । जिल्ला प्रशासन कार्यालयमा पुस २४ गते अरुको छोरीलाई आफ्नो छोरी बनाइ झुटो विवरणको आधारमा नागरिकता दिलाएको भन्दै वीरगञ्जका मेयर सिंहसहित रुविना श्रेष्ठविरुद्ध जाहेरी दर्ता भएको छ ।
यसैबिच फर्जी विवरणको आधारमा जारी नागरिकताको छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै सचेत नागरिक समाज वीरगञ्ज पर्साले धर्ना कार्यक्रम सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयको गेटमा बुधबारदेखि २ घण्टे धर्ना कार्यक्रम सुरु भएको हो । बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म धर्ना दिइएको सहभागी शशीकपुर मियाँले जनाए । उनका अनुसार छानबिन नहुँदासम्म धर्नाको कार्यक्रम जारी रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीद्वारा जीवन विकास सामुदायिक अस्पताल उद्घाटन
-
दलित मुक्तिको आधार खोज्न राष्ट्रिय दलित गोलमेच सम्मेलन गरिने
-
‘सिनेमाका नायकनायिका, गायकगायिकाजस्तै देश–विदेश भ्रमण गर्दै कविहरू’
-
सरकारले दिएका तालिमले अहिलेसम्म सार्थकता पाउन सकेन : मुख्यमन्त्री लामा
-
चीनमा भारी वर्षाको सम्भावना, नागरिकलाई सावधानी अपनाउन आग्रह
-
पतञ्जलि जग्गा अनियमिततामा माधव नेपालको संलग्नता छैन : घनश्याम भुसाल