बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

करिब साढे ७२ हजार मेट्रिक टन रासायनिक मल मौज्दात

बिहीबार, २५ माघ २०८०, १६ : ५२
बिहीबार, २५ माघ २०८०

काठमाडौँ । नेपालमा रासायनिक मल करिब साढे ७२ हजार मेट्रिक टन मल मौज्दात छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको पछिल्लो तथ्यांकका अनुसार ७२ हजार ४५८ मेट्रिक टन रासायनिक मल मौज्दात भएको हो । 

यसमध्ये युरिया ४० हजार ७६७ मेट्रिक टन, डीएपी २६ हजार ८५४ मेट्रिक टन र पोटास ४ हजार ८३६ मेट्रिक टन रहेको मन्त्रालयको तथ्यांकमा छ । 

यस्तै, मौज्दात रासायनिक मलमध्ये कृषि सामाग्री कम्पनी लिमिडेटसँग ३२ हजार ५७९ मेट्रिक टन मौज्दात छ । साल्ट ट्रेडिङ कम्पनी लिमिडेटसँग ३९ हजार ८७९ मेट्रिक टन मल मौज्दात रहेको जनाएको छ । 

मन्त्रालयले ३० हजार मेट्रिक टन युरिया विशाखापटनमबाट नेपाल आयात हुने क्रममा रहेको जनाएको छ । थप ३० हजार मेट्रिक टन युरिया र २५ हजार मेट्रिक टन डीएपी सिपमेन्ट हुने क्रममा रहेको पनि मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप