पाकिस्तानमा ७६ वर्षमा २४ प्रधानमन्त्री, कसैले पनि गर्न पाएनन् कार्यकाल पूरा
काठमाडौँ । आज पाकिस्तानमा आम निर्वाचन हुँदैछ । तीन पटकका प्रधानमन्त्री नवाज शरिफ यो चुनावमा उठेका छन् । उनी प्रधानमन्त्रीका प्रबल दाबेदार पनि हुन् । बिलवाल भुट्टो पनि आफैँले जित्ने दाबी गरिरहेका छन् । पूर्व क्रिकेटर र प्रधानमन्त्री इमरान खान जेलमा छन् । पार्टीको चुनाव चिह्न निर्वाचन आयोगले खोसेपछि उनका उम्मेदवार निर्दलीय चुनाव लडिरहेका छन् ।
पाकिस्तानमा अहिलेसम्म कसैलाई पनि प्रधानमन्त्रीको कुर्सी फापेको छैन । त्यहाँको प्रधानमन्त्री कुर्सी पनौती हो ? किन अहिलेसम्म कसैले पनि कार्यकाल पूरा हुनेगरी कुर्सीमा बस्न पाएनन् ? गएको ७६ वर्षमा त्यहाँ २४ जना प्रधानमन्त्री बने । तर एकजनाले पनि आफ्नो कार्यकाल पूरा गर्न पाएनन् ।
२१ जना प्रधानमन्त्रीले २४ पटक शपथ लिएका छन् । तर यिनीहरूको सबै कार्यकाल अधुरो रह्यो । यो सूचीमा १३ दिनका लागि मात्रै प्रधानमन्त्री बनेका नुरुल अमीन देखि ५४/५५ दिनसम्म प्रधानमन्त्री बनेका चौधरी सुजात हुसेन/इब्राहिम इस्माइल चुंदरीगर छन् । सबैभन्दा लामो समय प्रधानमन्त्रीको रूपमा रहेका यूसुफ राज गिलानी पनि ४ वर्ष ८६ दिनसम्म मात्रै कुर्सीमा बस्न सके । लियाकत अली खानको कार्यकाल ४ वर्ष ६३ दिन र नवाज शरीफ ४ वर्ष ५३ दिनको थियो ।
पाकिस्तानमा नवाज शरिफ सबैभन्दा धेरै तीन पटक प्रधानमन्त्री बनेका छन् । तीन पटक गरेर शरिफ ९ वर्ष १७९ दिनसम्म कुर्सीमा बसे । बेनजिर भुट्टो दुई पटक प्रधानमन्त्री बनिन् । पछिल्ला ६ प्रधानमन्त्रीले त एक वर्षसम्म पनि कुर्सीमा बस्न पाएनन् ।
१८ पटक प्रधानमन्त्री निकै प्रतिकूल स्थितिमा कुर्सी छाड्नुपर्यो । सन् १९९३ मा सबैभन्दा धेरै पाँचपटक प्रधानमन्त्री फेरिए । बेनजिर भुट्टोको हत्या भयो । जुल्फीकर भुट्टोलाई फाँसी दिइयो । पाकिस्तानमा ‘कु’ मात्रै चार पटक भएको इतिहास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण