शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

३० दिनमा बैंकहरुले ८६ अर्ब लगानी गरे, कहाँ–कहाँ गयो कर्जा ?

बिहीबार, २५ माघ २०८०, १९ : ०६
बिहीबार, २५ माघ २०८०

काठमाडौँ । पछिल्लो महिना बैंक तथा वित्तीय संस्थाहरु कर्जा लगानीमा आक्रामक देखिएका छन् । केन्द्रीय बैंकको रिपोर्ट अनुसार पुस महिनामा बैंकहरुले अधिकतम ८६ अर्ब कर्जा लगानी गरेका हुन् । 

२०८० मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले ६० खर्ब १९ अर्ब निक्षेप संकलन गर्दै जम्मा ४९ खर्ब ९८ अर्ब रुपैयाँ हाराहारी मात्र कर्जा लगानी गरेका थिए । तर, पछिल्लो महिना (३० दिनमा) बैंकहरुले कर्जा लगानी ८६ अर्बले बढाएर ५० खर्ब ८४ अर्ब लगानी गरेको केन्द्रीय बैंकको रिपोर्टले देखाएको हो । 

तथापि, समीक्षा अवधिमा बैंकहरुको निक्षेप संकलन भने १२ अर्ब रुपैयाँले मात्र बढ्दै ६१ खर्ब ३१ अर्ब पुगेको छ ।

योसँगै बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेपको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा ११३.९३ प्रतिशत पुगेको छ भने कर्जा विस्तारको आकार ९४.४७ प्रतिशत हाराहारी पुगेको छ । 

केन्द्रीय तथ्यांक कार्यालयका अनुसार हाल मुलुकको जीडीपी (उपभोक्ता मूल्यका आधारमा) ५३ खर्ब ८१ अर्ब रुपैयाँ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप