३० दिनमा बैंकहरुले ८६ अर्ब लगानी गरे, कहाँ–कहाँ गयो कर्जा ?
काठमाडौँ । पछिल्लो महिना बैंक तथा वित्तीय संस्थाहरु कर्जा लगानीमा आक्रामक देखिएका छन् । केन्द्रीय बैंकको रिपोर्ट अनुसार पुस महिनामा बैंकहरुले अधिकतम ८६ अर्ब कर्जा लगानी गरेका हुन् ।
२०८० मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले ६० खर्ब १९ अर्ब निक्षेप संकलन गर्दै जम्मा ४९ खर्ब ९८ अर्ब रुपैयाँ हाराहारी मात्र कर्जा लगानी गरेका थिए । तर, पछिल्लो महिना (३० दिनमा) बैंकहरुले कर्जा लगानी ८६ अर्बले बढाएर ५० खर्ब ८४ अर्ब लगानी गरेको केन्द्रीय बैंकको रिपोर्टले देखाएको हो ।
तथापि, समीक्षा अवधिमा बैंकहरुको निक्षेप संकलन भने १२ अर्ब रुपैयाँले मात्र बढ्दै ६१ खर्ब ३१ अर्ब पुगेको छ ।
योसँगै बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेपको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा ११३.९३ प्रतिशत पुगेको छ भने कर्जा विस्तारको आकार ९४.४७ प्रतिशत हाराहारी पुगेको छ ।
केन्द्रीय तथ्यांक कार्यालयका अनुसार हाल मुलुकको जीडीपी (उपभोक्ता मूल्यका आधारमा) ५३ खर्ब ८१ अर्ब रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण