काठमाडौँ–तराई–मधेश द्रुतमार्ग बारा तर्फको काम तीव्र (तस्बिरहरू)
बारा । राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेश द्रुतमार्गको बारा जिल्ला तर्फको काम तीव्र गतिमा अगाडी बढेको छ । २०८३ चैत मसान्तभित्र सम्पन्न गर्नुपर्ने द्रुतमार्ग आयोजनाको बारा तर्फको ८ दशमलव ५ किलोमिटरमा बाटो विस्तारको काम तीव्र गतिमा भइरहेको छ ।
१६ मध्ये १५ वटा बक्स कल्भट निर्माणको काम सम्पन्न भइसकेको छ भने सडक पूर्वाधार निर्माणको क्रममा मानिस र वन्यजन्तुहरूलाई आवतजावत गर्न ३ वटा अन्डर पास र ओभर पास पुल निर्माण भइसकेको छ ।
_6UbB4Eq98I.jpg)
यसै आयोजना अन्तर्गत मोहरीमा पुल निर्माणको काम पनि धमाधम भइरहेको छ । द्रुतमार्गको ७२ दशमलव ५ किलोमिटर मध्ये बाराबाहेक मकवानपुरमा ५५ किलोमिटर र ललितपुरमा ८ दशमलव ५ किलोमिटर दुरी रहेको छ । यो तराईलाई काठमाडौँसँग जोड्ने सबैभन्दा छोटो दुरीको मार्ग हो ।
निजगढलाई जिरो प्वइन्ट मानेर बारातर्फको क्षेत्रमा स्थलगत रिपोर्टिङका क्रममा पुग्दा सडक विस्तारसँगै, कल्भट, पुल निर्माणको काम तीव्र गतिमा भइरहेको थियो । ठाउँ-ठाउँमा माटो र नदीजन्य पदार्थका ठुला थुप्राहरू देखिएका थिए ।
_fZZ8ioHN5i.jpg)
२०८१ वैशाखसम्म द्रुतमार्ग निर्माण सम्पन्न गरेर मङ्सिरसम्म नेपाल सरकारलाई हस्तान्तरण गर्ने भनिएको सो आयोजना कोभिड–१९ लगायत विविध कारणले समयावधि थप गरेर २०८३ चैतसम्म पुर्याएको छ ।
सो आयोजना निर्माणका लागि सुरुमा १ अर्ब ७४ करोड लागतमा भएपनि पछि यसको लागत ४१ करोड थप गरेर २ खर्ब १३ अर्ब पुर्याइएको छ । ललितपुरको खोकनालाई जिरो प्वइन्ट मानेर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ०७४ जेठ १४ गते निजगढमा यो मार्गको शिलान्यास गरेका हुन् ।
_31JXIK7O8j.jpg)
चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ०७४ वैशाख २१ गते सरकारले द्रुतमार्ग निमार्णको सम्पूर्ण जिम्मा नेपाली सेनालाई दिएको हो । द्रुतमार्ग निर्माण सम्पन्न भएपछि निजगढबाट काठमाडौँसम्म पुग्न १ घण्टा २० मिनेटमा लाग्ने आयोजना कार्यालयले जनाएको छ ।
नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले द्रुतमार्गको कुल लम्बाई करिब ७१ किलोमिटर रहेको, सुरुङ्गमार्ग १० किलोमिटर, ८९ वटा पुलहरूको लम्बाई १२ दशमलव ८८५ किलोमिटर रहेको जनाएका छन् । उनले सुरुङ्गमार्ग तथा पुल बाहेक सडकको लम्बाई ४८ दशमलव ०३७ किलोमिटर रहेको जनाए ।
_dDqgVVR5tj.jpg)
द्रुतमार्गमा हाल १ हजार ४२३ जना नेपाली कामदार र ३५२ जना विदेशी कामदार कार्यरत रहेका छन् । निजगढदेखि ललितपुरको खोकनासम्मको करिब ७१ किलोमिटर भूभागलाई ११ वटा प्याकेजमा काम भइरहेको नेपाली सेनाले जनाएको छ ।
तोकिएको समयभित्र नेपाली सेनाले द्रुतमार्ग सम्पन्न गर्न नसक्ने भएपछि २ पटक म्याद थप गरिसकेको छ । द्रुतमार्गमा प्रतिघण्टा ८० देखि सय किलोमिटरको गतिले ठुला सवारी साधन गुड्न सक्नेछन् । ७१ किलोमिटर दुरीमा निजगढ, मकवानपुर र ललितपुरमा गरी ३ वटा प्वइन्टमा ट्रोल हाउस निर्माण हुने जनाइएको छ ।
_ACDP4pSphB.jpg)
_qjD3UQFYQQ.jpg)
_lGFPXbMXfK.jpg)
_2dQCRCFi6h.jpg)
_htyKNZuvuT.jpg)
_lqa0hGoyvl.jpg)
_5oAVGAgYmi.jpg)
_17vt5WU7K5.jpg)
_nOlNWSSaxw.jpg)
_aaLRRQGjez.jpg)
_RmFZMhWawb.jpg)
_tHjSqFpZyq.jpg)
_pVaU6xubu9.jpg)
_2fTxsAfYn2.jpg)
_gqr7r6me9b.jpg)
_EowSBKEYuG.jpg)
_zhEszcWIgw.jpg)
_iuC5uDzJME.jpg)
_fdM9SSly1M.jpg)
_azTQGLdvr1.jpg)
_30QuYyLb0F.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण