मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
फोटोफिचर

काठमाडौँ–तराई–मधेश द्रुतमार्ग बारा तर्फको काम तीव्र (तस्बिरहरू)

बिहीबार, २५ माघ २०८०, २१ : ४७
बिहीबार, २५ माघ २०८०

बारा । राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेश द्रुतमार्गको बारा जिल्ला तर्फको काम तीव्र गतिमा अगाडी बढेको छ ।  २०८३ चैत मसान्तभित्र सम्पन्न गर्नुपर्ने द्रुतमार्ग आयोजनाको बारा तर्फको ८ दशमलव ५ किलोमिटरमा बाटो विस्तारको काम तीव्र गतिमा भइरहेको छ ।

१६ मध्ये १५ वटा बक्स कल्भट निर्माणको काम सम्पन्न भइसकेको छ भने सडक पूर्वाधार निर्माणको क्रममा मानिस र वन्यजन्तुहरूलाई आवतजावत गर्न ३ वटा अन्डर पास र ओभर पास पुल निर्माण भइसकेको छ । 

fast-track-bara (1)

यसै आयोजना अन्तर्गत मोहरीमा पुल निर्माणको काम पनि धमाधम भइरहेको छ । द्रुतमार्गको ७२ दशमलव ५ किलोमिटर मध्ये बाराबाहेक मकवानपुरमा ५५ किलोमिटर र ललितपुरमा ८ दशमलव ५ किलोमिटर दुरी रहेको छ । यो तराईलाई काठमाडौँसँग जोड्ने सबैभन्दा छोटो दुरीको मार्ग हो । 

निजगढलाई जिरो प्वइन्ट मानेर बारातर्फको क्षेत्रमा स्थलगत रिपोर्टिङका क्रममा पुग्दा सडक विस्तारसँगै, कल्भट, पुल निर्माणको काम तीव्र गतिमा भइरहेको थियो । ठाउँ-ठाउँमा माटो र नदीजन्य पदार्थका ठुला थुप्राहरू देखिएका थिए ।  

fast-track-bara (2)

२०८१ वैशाखसम्म द्रुतमार्ग निर्माण सम्पन्न गरेर मङ्सिरसम्म नेपाल सरकारलाई हस्तान्तरण गर्ने भनिएको सो आयोजना कोभिड–१९ लगायत विविध कारणले समयावधि थप गरेर २०८३ चैतसम्म पुर्याएको  छ । 

सो आयोजना निर्माणका लागि सुरुमा १ अर्ब ७४ करोड लागतमा भएपनि पछि यसको लागत ४१ करोड थप गरेर २ खर्ब १३ अर्ब पुर्‍याइएको छ । ललितपुरको खोकनालाई जिरो प्वइन्ट मानेर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ०७४ जेठ १४ गते निजगढमा यो मार्गको शिलान्यास गरेका हुन् । 

fast-track-bara (4)

चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ०७४ वैशाख २१ गते सरकारले द्रुतमार्ग निमार्णको सम्पूर्ण जिम्मा नेपाली सेनालाई दिएको हो । द्रुतमार्ग निर्माण सम्पन्न भएपछि निजगढबाट काठमाडौँसम्म पुग्न १ घण्टा २० मिनेटमा लाग्ने आयोजना कार्यालयले जनाएको छ । 

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले द्रुतमार्गको कुल लम्बाई करिब ७१ किलोमिटर रहेको, सुरुङ्गमार्ग १०  किलोमिटर, ८९ वटा पुलहरूको लम्बाई १२ दशमलव ८८५ किलोमिटर रहेको जनाएका छन् ।  उनले सुरुङ्गमार्ग तथा पुल बाहेक सडकको लम्बाई  ४८ दशमलव ०३७ किलोमिटर रहेको जनाए  । 

fast-track-bara (5)

द्रुतमार्गमा हाल  १ हजार ४२३ जना नेपाली कामदार र ३५२ जना विदेशी कामदार कार्यरत रहेका छन् ।  निजगढदेखि ललितपुरको खोकनासम्मको करिब ७१ किलोमिटर भूभागलाई ११ वटा प्याकेजमा काम भइरहेको नेपाली सेनाले जनाएको छ । 

तोकिएको समयभित्र नेपाली सेनाले द्रुतमार्ग सम्पन्न गर्न नसक्ने भएपछि २ पटक म्याद थप गरिसकेको छ ।  द्रुतमार्गमा प्रतिघण्टा ८० देखि सय किलोमिटरको गतिले ठुला सवारी साधन गुड्न सक्नेछन् । ७१ किलोमिटर दुरीमा निजगढ, मकवानपुर र ललितपुरमा गरी ३ वटा प्वइन्टमा ट्रोल हाउस निर्माण हुने जनाइएको छ  । 

fast-track-bara (6)fast-track-bara (7)fast-track-bara (8)fast-track-bara (9)fast-track-bara (10)fast-track-bara (11)fast-track-bara (12)fast-track-bara (13)fast-track-bara (14)fast-track-bara (15)fast-track-bara (16)fast-track-bara (17)fast-track-bara (18)fast-track-bara (19)fast-track-bara (20)fast-track-bara (21)fast-track-bara (22)fast-track-bara (23)fast-track-bara (24)fast-track-bara (26)fast-track-bara (27)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप