आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा उल्टिँदै छ चुनावी नतिजा, प्रमुख  निर्वाचन आयुक्त बेपत्ता !

शुक्रबार, २६ माघ २०८०, १२ : ४०
शुक्रबार, २६ माघ २०८०

कराँची । पाकिस्तानमा चुनावी मतगणना जारी रहँदा स्थिति निकै तनावपूर्ण बनेको छ । शुरुआती आँकडामा इमारन खानको पार्टी अगाडि रहेका स्थानमा नवाज शरिफको पार्टी अगाडि देखिन थालेको छ । चौथो पटक प्रधानमन्त्री बन्न लागेका नवाज शरीफले लाहौरको एनए १३० सिटमा जितेका छन् ।  स्थानीय सञ्चार माध्यमहरूका अनुसार मनसेहरा सिटमा शरिफले चुनाव हारेको भए पनि लाहौरको एक सिटमा जीत हात पारेका हुन् ।

लाहौरबाटै चुनावमा उठेका शरिफका भाइ पूर्व प्रधानमन्त्री शहबाज शरिफ र छोरी मरियमले पनि आ–आफ्नो सिटमा जितेका छन् । डनका अनुसार अहिलेसम्मको नतिजामा इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इंसाफले  समर्थन गरेका उम्मेदवारले ८ सिटमा जितेका छन् । शरिफको पार्टी पाकिस्तान मुश्लिम लिग नवाजका उम्मेदवारले १२ सिटमा जित हात पारेका छन् । बिलवाल भुट्टोको पार्टी पीपीपीले पनि ८ सिटमजितेको छ । यस अघि पाकिस्तानी मिडियाहरूले इमरान खानको पार्टीले १५४ सिटमा अग्रता कायम गरेको भन्दै समाचारहरू छापेका थिए । तर अहिले पनि नतिजा उल्टिन थालेको देखिन्छ ।

मतगणना जारी रहँदा स्थिति तनावपूर्ण बनेपछि पाकिस्तानका प्रमुख निर्वाचन आयुक्त बेपत्ता भएको अफवाह चलिरहेको छ । यसले चुनावमा षडयन्त्रको आशङ्का बढेको छ । यस अघि प्रमुख निर्वाचन आयुक्त सिकंदर सुल्तान राजाले सबै रिटर्निङ अफिसरहरुलाई परिणाम जारी गर्न ३० मिनेटको समय सीमा दिएका थिए । यसो नगर्नेलाई निलम्बन गरिने बताइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप