पाकिस्तानमा उल्टिँदै छ चुनावी नतिजा, प्रमुख निर्वाचन आयुक्त बेपत्ता !
कराँची । पाकिस्तानमा चुनावी मतगणना जारी रहँदा स्थिति निकै तनावपूर्ण बनेको छ । शुरुआती आँकडामा इमारन खानको पार्टी अगाडि रहेका स्थानमा नवाज शरिफको पार्टी अगाडि देखिन थालेको छ । चौथो पटक प्रधानमन्त्री बन्न लागेका नवाज शरीफले लाहौरको एनए १३० सिटमा जितेका छन् । स्थानीय सञ्चार माध्यमहरूका अनुसार मनसेहरा सिटमा शरिफले चुनाव हारेको भए पनि लाहौरको एक सिटमा जीत हात पारेका हुन् ।
लाहौरबाटै चुनावमा उठेका शरिफका भाइ पूर्व प्रधानमन्त्री शहबाज शरिफ र छोरी मरियमले पनि आ–आफ्नो सिटमा जितेका छन् । डनका अनुसार अहिलेसम्मको नतिजामा इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इंसाफले समर्थन गरेका उम्मेदवारले ८ सिटमा जितेका छन् । शरिफको पार्टी पाकिस्तान मुश्लिम लिग नवाजका उम्मेदवारले १२ सिटमा जित हात पारेका छन् । बिलवाल भुट्टोको पार्टी पीपीपीले पनि ८ सिटमजितेको छ । यस अघि पाकिस्तानी मिडियाहरूले इमरान खानको पार्टीले १५४ सिटमा अग्रता कायम गरेको भन्दै समाचारहरू छापेका थिए । तर अहिले पनि नतिजा उल्टिन थालेको देखिन्छ ।
मतगणना जारी रहँदा स्थिति तनावपूर्ण बनेपछि पाकिस्तानका प्रमुख निर्वाचन आयुक्त बेपत्ता भएको अफवाह चलिरहेको छ । यसले चुनावमा षडयन्त्रको आशङ्का बढेको छ । यस अघि प्रमुख निर्वाचन आयुक्त सिकंदर सुल्तान राजाले सबै रिटर्निङ अफिसरहरुलाई परिणाम जारी गर्न ३० मिनेटको समय सीमा दिएका थिए । यसो नगर्नेलाई निलम्बन गरिने बताइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण