बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

कोशीका नवनियुक्त स्वास्थ्य मन्त्रीको पदभार ग्रहण– मुटुरोग विशेषज्ञ चिकित्सक माग गर्ने निर्णय

शुक्रबार, २६ माघ २०८०, २१ : ०३
शुक्रबार, २६ माघ २०८०

विराटनगर । कोशी प्रदेशका नवनियुक्त स्वास्थ्य मन्त्री  प्रदीप सुनुवारले आज साँझ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन्। मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै उनले  संघीय सरकारसँग मुटु रोग विशेषज्ञ माग गर्ने निर्णय गरेका छन्  । 

मन्त्री सुनुवारले शैलजा आचार्य हृदयरोग केन्द्रलाई सहजढंगवाट सञ्चालन र व्यवस्थापन गर्न जनशक्तिको अभाव भए पनि सञ्चालन हुँदै आएकोमा दिर्घकालीन रुपमा पदपूर्ति गर्न समय लाग्ने भएकोले सो अवधि सम्मको लागी संघीय सरकारबाट छात्रवृति करारमा कार्यरत हृदयरोग विशेषज्ञ माग गर्ने निर्णय गरेका हुन् । 

गत माघ ८ गते कोशी प्रदेश सरकारले प्रदेशका मुटुरोगीहरुको निःशुल्क उपचार गर्ने भन्दै केन्द्र स्थापना गरेको हो । यो अस्पतालमा दक्ष जनशक्ति अभावले अहिले ओपीडी सेवा मात्रै सञ्चालनमा रहेको छ । अहिले अस्पतालमा एकजना मुटु रोग विशेषज्ञ चिकित्सकले मुटुका बिरामीको उपचार गर्दै आएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप