गजल
तिमीलाई खोजेको धुन
शनिबार, २७ माघ २०८०, ०६ : ५५

यो तारा यो जून कसका लागि होला,
नसामा बगेको खुन कसका लागि होला !
सधैँ मन्दिरमा फलफूल दक्षिणा चढाउँदै,
गरेको मैले भनसुन कसका लागि होला ।
म गल्ली गल्लीमा भौँतारिँदै चेहरैपिच्छे,
तिमीलाई खोजेको धुन कसका लागि होला !
वर्षौंदेखि बाकसमा थुनिराखेका बिचरा ती,
नाक–कान–गलाका सुन कसका लागि होला !
तारा टिपेर ल्याउँला भो अब त खुसी बन न,
यत्रो दिँदै छु मैले सगुन कसका लागि होला !
विराटनगर– १
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पाकिस्तानलाई भारतको हमलाको जवाफ दिने पूर्ण अधिकार छ’
-
संविधान मिचेर मेरो सरकार ढालियो : प्रचण्ड
-
चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा
-
२० जातिको सामाजिक संस्कार
-
दक्षिण एसियाली युथ टेबलटेनिसमा पदक जित्ने पाँच खेलाडी सम्मानित
-
सुगम पोखरेलको ‘यति छिटो’ गीत सार्वजनिक