गजल
तिमीलाई खोजेको धुन
शनिबार, २७ माघ २०८०, ०६ : ५५
यो तारा यो जून कसका लागि होला,
नसामा बगेको खुन कसका लागि होला !
सधैँ मन्दिरमा फलफूल दक्षिणा चढाउँदै,
गरेको मैले भनसुन कसका लागि होला ।
म गल्ली गल्लीमा भौँतारिँदै चेहरैपिच्छे,
तिमीलाई खोजेको धुन कसका लागि होला !
वर्षौंदेखि बाकसमा थुनिराखेका बिचरा ती,
नाक–कान–गलाका सुन कसका लागि होला !
तारा टिपेर ल्याउँला भो अब त खुसी बन न,
यत्रो दिँदै छु मैले सगुन कसका लागि होला !
विराटनगर– १
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण