काठमाडौंको सडकमै युवतीमाथि बलात्कार प्रयास, प्रतिरोध गर्दा ढुंगाले हानेर हत्या
काठमाडौँ । काठमाडौंको बसुन्धारास्थित भित्री सडकमा युवाले गरेको बलात्कार प्रयासको प्रतिरोध गर्दा एक युवतीको ज्यान गएको छ ।
टोखा नगरपालिका–७ बसुन्धारा स्थित पुरानो सुकुम्बासी टोलमा गत राती साँढे ९ बजे टाउकोमा गम्भिर चोट लागेको अवस्थामा एक युवतीको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिएका छन् ।
‘युवतीमाथि बलात्कार प्रयास भएको देखिन्छ’ एसएसपी पोखरेलले भने, ‘युवतीको नाम ठेगाना पहिचान हुन सकेको छैन, अनुसन्धान भइरहेको छ ।’
गत राती साँढे ९ बजे स्थानियले खबर गरेपछी प्रहरी घट्नास्थल पुगेको थियो । टाउकोबाट रगतको भल नै बगेको अवस्थामा प्रहरीले युवतीलाई फेला पारेको थियो ।
युवतीको शरीरको तल्लो भागको कपडा घुँडासम्म खोलिएको अवस्थामा फेला परेको हुनाले उनीमाथि बलात्कार प्रयास भएको हुनसक्ने बताइएको छ ।
बलात्कार प्रयास प्रतिरोध गर्दा ढुंगा प्रहार गर्ने युवाको पहिचान नजिक पुगेको एसएसपी पोखरेलले बताएका छन् ।
मृतक युवतीको शव पोष्टमार्टमा लागी त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण