सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

यी बानीले मिर्गौला फेल हुने जोखिम बढ्दो

शनिबार, २७ माघ २०८०, १६ : १२
शनिबार, २७ माघ २०८०

काठमाडौँ । मिर्गौला शरीरको महत्त्वपूर्ण अंग मध्ये एक हो । त्यसैले यसको विशेष ख्याल राख्नु जरुरी छ । आजकल वयस्कहरूसँगै युवाहरू पनि मिर्गौलासम्बन्धी समस्याबाट पीडित छन्। यो समस्याको मुख्य कारण उनीहरूको अस्वस्थ जीवनशैली र गलत खानपान हो । 

यो समस्याबाट छुटकारा पाउन मानिसहरू धेरै कुराको सेवन गर्छन् । तर, के तपाईंलाई थाहा छ केही चिजको गलत उपभोगले मिर्गौलाको समस्या झनै बढाउन सक्छ । हो, यसो गर्दा मिर्गौला फेल हुने खतरा बढ्छ।

मिर्गौलाको सबैभन्दा महत्त्वपूर्ण काम शरीरबाट विषाक्त र तरल पदार्थलाई पिसाबमार्फत बाहिर निकाल्नु हो। साथै यसले शरीरमा नुन, एसिड र पोटासियमको मात्रालाई पनि नियन्त्रण गर्छ । मिर्गौला स-साना रक्तनलीहरूले भरिएको हुन्छ, जसले रगतको फोहोर र अतिरिक्त पानीलाई फिल्टर गरेर शरीरबाट निकाल्न मद्दत गर्छ।

विज्ञहरूका अनुसार अनियन्त्रित मधुमेह मिर्गौला फेल हुनुको प्रमुख कारण हो । यस्तो अवस्थामा कसैलाई ब्लड सुगर छ र उसले बेवास्ता गरेर कुनै औषधि खाँदैन। जसका कारण रगतमा चिनीको मात्रा बढ्दै जाँदा मिर्गौला बिग्रने खतरा बढ्छ । त्यसैले औषधिलाई बेवास्ता गर्नु हुँदैन। तर, यो खाली पेटमा लिनु हुँदैन भन्ने कुरामा ध्यान दिनुहोस्।

लामो समयसम्म खाली पेटमा पेनकिलरको प्रयोग गर्दा पनि मिर्गौला फेल हुन सक्छ । यो बानीले शरीर र मिर्गौलामा नकारात्मक असर पार्छ । त्यसैले खाली पेटमा कुनै पनि पेनकिलर औषधि सेवन गर्नुहुँदैन ।

यदि व्यक्ति अधिक तौल वा मोटो छ भने मिर्गौला फेल हुने जोखिम पनि बढ्न सक्छ। यस्तो अवस्थामा शरीरको बढ्दो तौललाई नियन्त्रण गर्नु जरुरी हुन्छ । यसो गर्नाले तपाईंको मिर्गौला सधैँ स्वस्थ रहन्छ।

विज्ञहरूका अनुसार मिर्गौला सम्बन्धी समस्या आनुवंशिक पनि हुनसक्छ । आमाबुवा, हजुरबुबा वा परिवारको कुनै सदस्यलाई मिर्गौलाको समस्या छ भने भविष्यमा मिर्गौला रोगको जोखिम हुन सक्छ। त्यसैले समयमै उपचार सुरु गरेमा धेरैजसो मिर्गौला समस्या निको हुन्छ । तर, कुनै पनि कुराको सेवन गर्नुअघि चिकित्सकको सल्लाह लिनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप