एउटै व्यक्ति व्यापारी र बैंक सञ्चालक हुँदा समस्या भयो : मुख्यमन्त्री चौधरी
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुलुकको एउटै व्यक्ति व्यापार, उद्योग र बैङ्क सञ्चालक हुँदा समस्या आएको बताएका छन् । उनले पछिल्लो समय ब्याजदर वृद्धि भएको गुनासोप्रति जवाफ दिँदै एउटै व्यक्ति सबैतिर हुँदा समस्या भएको बताए ।
उनले आर्थिक विकासका लागि नेता र उद्योगी सुध्रिनुपर्ने समेत बताए । नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशको छैटौँ प्रदेश सभाको लमहीमा उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले एउटै व्यक्ति व्यापार, उद्योगी र बैङ्क सञ्चालक पनि हुने अनि बैङ्कले ब्याजदर बढायो भनेर गुनासो गर्नु अलि नमिल्दो भएको टिप्पणी गरे ।
‘करबाट सरकार चल्छ, त्यसैले उद्योग विस्तार र प्रवर्द्धन गर्नका लागि पनि लुम्बिनी प्रदेश सरकार उद्योगीको साथमा छ’ उनले भने । उद्योगी र सरकारबिच व्यापक छलफल गरेर उद्योगका समस्या समाधान गर्न आफूहरू तयार रहेको समेत उनले बताए।
उनले स्थानीय उत्पादन वृद्धिलाई प्राथमिकता दिएर रोजगारी, उद्योग र उत्पादन बढाउने गरी सरकार अगाडि बढेको बताए । मुख्यमन्त्री चौधरीले घरेलु मदिरालाई ब्राण्डिङ्ग गरेर विश्वका देशमा निर्यात गर्ने र समुदायमा आर्थिक वृद्धि गर्ने योजना प्रदेश सरकारको रहेको स्पष्ट पारे ।
नेपालमा उत्पादन हुने महुवाको मदिरालाई विश्व बजारमा पुर्याउन आफूले पहल गरिरहेको बताउँदै ‘थारुहरूले जिन्दगीभरि जाँड बनाए पनि अहिले कोरियाको जाँड नेपालमा बिक्री भइरहेको बताए ।
उनले त्यसलाई प्रतिस्थापन गर्नका लागि आफूहरूले पहल गरिरहेको बताए । उनले नेपाली जाँड संसारभर बिक्री गर्न सक्ने सम्भावना रहेको समेत बताए । स्थानीय उत्पादन बढाउन नसक्दा सम्म मुलुक समृद्ध हुन नसक्ने मुख्यमन्त्री चौधरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण