छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु
आइतबार, २८ माघ २०८०, ११ : ५१
काठमाडौँ । छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दुर्घटनाको विवरण यसप्रकार छ-
- पर्सा- जगरनाथपुर गाउँपालिका-६ बहुअरीस्थित सडकमा ना.२ ख ९८०३ नम्बरको बसमा चड्ने क्रममा लड्दा बसको पछाडीको चक्काले किचेर सहचालक जिराभवानीपुर गाउँपालिका-१ बलुवा बस्ने २५ वर्षीय अशोक मुखियाको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
- भक्तपुर- सूर्यबिनायक नगरपालिका-१० पलासेस्थित सडकमा बा.२ ख ९४५४ नम्बरको बस र बा.७८ प ३१५५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक काभ्रे धुलिखेल नगरपालिका-७ घर भएका ५४ वर्षीय मुकुन्द प्रसाद तिमल्सिनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- झापा- बुद्धशान्ति गाउँपालिका-३ सात नम्बर चोकमा मे.११ प ३१४९ नम्बरको मोटरसाइकल र को.१ ख ६४२८ नम्बरको टिपर एकआपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २३ वर्षीय रामकृष्ण पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- सप्तरी- सुरूङगा नगरपालिका-४ कदमाहस्थित सडकमा स.६ प १३२० नम्बरको मोटरसाइकल प्र.२-०३-००१ ख ६२८४ नम्बरको ट्रकमा ठोक्किएर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सिरहा लहान नगरपालिका-१८ बस्ने २३ वर्षीय सिकिन्द्र ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
-
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
-
'बजेट कम भएकै कारण शिक्षा सुधार रोकिँदैन'
-
ई–पासपोर्ट खरिद प्रकरण : अख्तियारले बयानका लागि बोलायो जर्मनी कम्पनीका प्रतिनिधि
-
केप भर्डेका गोलकिपर वोझिन्हाकी आमालाई दिइयो विश्वकपका लागि भिसा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण