सांसद पौड्यालको प्रश्न– टेस्टेड र फेलहरुलाई किन उपकुलपतिको सर्टलिस्टमा राखियो ?
काठमाडौँ । राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा परीक्षण भइसकेका मान्छेहरुलाई ‘सर्टलिस्ट’मा पारिएको भन्दै आपत्ति जनाएकी छन् ।
आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै पौड्यालले त्रिभुवन विश्वविद्यालयमा पहिले नै परीक्षण भइसकेका व्यक्तिहरुलाई उपकुलपतिको ‘सर्टलिस्ट’ मा पारिएको भन्दै आपत्ति जनाएकी हुन् । उनले विश्वविद्यालयको नेतृत्वमा रहेर पनि कुनै प्रगति गर्न नसकेका र विश्वविद्यालयलाई र्याङकिङमा पछाडि धकेल्नेहरु नै सर्टलिस्टमा परेका भन्दै नियुक्तिमा राजनीतिक हस्तक्षेप हुनसक्ने आशंका व्यक्त गरिन् ।
पौड्यालले छनोट समितिले पुरानै अनुहारलाई विश्वविद्यालयको नेतृत्व दिन लागेको हो भनी प्रश्न समेत गरिन् । उनले बौद्धिक चोरीको आरोप लागेका र अख्तियारमा मुद्दा चलेकालाई किन उपकुलपतिको छनौट लिस्टमा राखियो भनेर पनि प्रश्न गरिन् ।
उनले भनिन्,‘आवेदनमा कति राम्रा मान्छेहरु परेकै छैनन् । त्यो भित्र टेस्टेड फेल भएका अनुहारहरु पनि आएका छन् । किनभने पहिले विश्वविद्यालयका नेतृत्व लिइसकेका, कुनै प्रगति गर्न नसकेका र र्याङकिङमा विश्वविद्यालयलाई पछाडि धकेलेका मान्छेहरु पनि आएका छन् । फेरि पनि प्रधानमन्त्रीलाई मेरो एउटै प्रश्न छ, राजनीतिक हस्तक्षेप हुन दिन्न भनेर संकल्प गर्दै गर्दाखेरी टेस्टेड र फेल भएका अनुहारहरुलाई फेरि विश्वविद्यालयमा ल्याउन छानेका हो त्यो समितिले ? फेल भइसकेका मान्छेहरुलाई फेरि किन ल्याएको ? कहिले बौद्धिक चोरीको आरोप लागेका, कहिले अख्तियारबाट मुद्दा चलेका मान्छेहरुलाई किन ल्याएको विश्वविद्यालयको छनौटमा ?’
पौड्यालले त्रिभुवन विश्वविद्यालयप्रतिको विश्वास र भरोसा टुट्दै गएको पनि बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण