सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एयरपोर्ट अध्यागमनमा जाने कर्मचारी पाउन गाह्रो भयो : गृहमन्त्री श्रेष्ठ

आइतबार, २८ माघ २०८०, १७ : ००
आइतबार, २८ माघ २०८०

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनमा जाने कर्मचारी पाउन गाह्रो भएको बताएका छन् । आइतबार अध्यागमनमा देखिएको समस्या, मानव तस्करी लगायतका बारेमा राज्य व्यवस्था तथा सुशासन समितिले गरेको छलफलमा बोल्दै मन्त्री श्रेष्ठले विमानस्थलमा अध्यागमन कर्मचारीको कमी रहेको बताउँदै खटाएका कर्मचारी पनि जान नमानिरहेको अवस्था रहेको बताए । 

उनले विमानस्थलको अध्यागमनमा को कर्मचारी पठाउने, को नपठाउने भन्ने बारेमा मापदण्ड बनाइएको र एक पटक त्यहाँ पुगेको कर्मचारीलाई अर्को पटक त्यहाँ जान नपाउने व्यवस्था गरिएको जानकारी गराए । 

एक पटक एउटा मन्त्रालय मातहतको कार्यालयमा जाने र फेरि अर्को मन्त्रालयमा सरुवा भएर सो मन्त्रालय मातहत विमानस्थलमा रहेका कार्यालयमा सरुवा मिलाउने प्रवृत्ति रहेकोले अब एक पटक विमानस्थल पुगेको कर्मचारी अर्को पटक त्यहाँ नपुग्ने व्यवस्था गरेको बताए । त्यसका लागि श्रम तथा रोजगार मन्त्रालयसँग सहमति समेत भएको बताए ।

भिजिट भिसामा सेटिङ मिलाएर विदेश पठाउने अभियोग लागेका कर्मचारीको सरुवा नगरिएको नगरिएको पनि उनले बताए । पछिल्लो पटक एयरपोर्ट अध्यागमनका ३० कर्मचारीको सरुवा गरिएको मन्त्री श्रेष्ठले बताए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप