सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

माओवादीका पाँच नेता, जो एक दिन पनि फिल्डमा गएनन्

आइतबार, २८ माघ २०८०, १७ : २०
आइतबार, २८ माघ २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको ‘जनतासँग माओवादी रूपान्तरण विशेष अभियान’अन्तर्गत लुम्बिनी प्रदेशमा पाँच जना केन्द्रीय सदस्य कार्यक्षेत्रमै नगएको पाइएको छ ।

माओवादी केन्द्रले गएको भदौ १६ देखि पुस १६ गतेसम्म वडा केन्द्रित रूपान्तरण अभियान सञ्चालन गरेको थियो । जुन अभियानमा लुम्बिनी प्रदेश कार्यक्षेत्र भएका नेताहरू शुकबहादुर रोका (रोल्पा), कालीबहादुर खाम (पूर्वी रुकुम), खिमलाल विक (अर्घाखाँची), विनोद पहाडी (रुपन्देही) र मानबहादुर चौधरी (बर्दिया) एक दिन पनि कार्यक्षेत्रमा नगएको पाइएको हो । 

पुन र खाम पूर्वजनमुक्ति सेना कमान्डर हुन् ।  पुन पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका स्वकीय सचिव समेत रहेका थिए । 

वैकल्पिक केन्द्रीय सदस्य पहाडी संविधान सभा सदस्य एवं नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष र राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष हुन् । चौधरी पनि वैकल्पिक केन्द्रीय सदस्य हुन् ।

९२ जना केन्द्रीय सदस्य रहेको लुम्बिनीमा अभियान अन्तर्गत ७२ जना केन्द्रीय सदस्य इमान्दारी पूर्वक कार्यक्षेत्रमा खटिएको रिपोर्टिङ आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा भएको एक नेताले बताए । यस्तै १५ जना आंशिक सक्रिय रहेको पाइएको छ । अभियानमा केन्द्रीय सदस्यको क्रियाशीलताको अवस्थाबारे प्रदेश समितिले समीक्षात्मक रिपोर्ट केन्द्रका पठाएको थियो । लुम्बिनीको रिपोर्ट बैठकमा इन्चार्ज हितमान शाक्यले पेश गरेका थिए । 

समग्र अभियानको अवस्थाबारे माओवादीले केन्द्रीय समितिमा बहस थालेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नीति, विधि र प्रक्रियालाई अटेर गरी निष्क्रिय बस्ने नेताहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप