हेमन्त धामी क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा ‘डेब्यू’ गर्ने चौथो खेलाडी
काठमाडौँ । क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको सोमबार जारी तेस्रो खेलमा नेपालका हेमन्त धामीले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका छन् । उनी पहिलो पटक सिनियर टोलीबाट मैदानमा ओर्लिएका हुन् ।
क्यानडाविरुद्धको जारी शृङ्खलामा सिनियर टोलीबाट ‘डेब्यू’ गर्ने हेमन्त चौथो खेलाडी हुन् । यसअघि गत बिहीबार खेलिएको शृङ्खलाको पहिलो खेलमा दुई खेलाडी सूर्य तामाङ र रिजन ढकालले सिनियर टोलीबाट ‘डेब्यू’ गरेका थिए ।
यसैगरी शनिबार खेलिएको शृङ्खलाको दोस्रो खेलमा आकाश चन्दले सिनियर टोलीबाट ‘डेब्यू’ गरेका थिए । पहिलो र दोस्रो खेलमा ‘डेब्यू’ गर्ने तीनैजना खेलाडीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विकेट पनि लिइसकेका छन् ।
सोमबार जारी शृङ्खलाको तेस्रो खेलमा नेपालले टस जितै पहिले बलिङ गर्ने निर्णय लिएको छ । यसअघि नेपाल शृङ्खलाको पहिलो खेलमा सात रन र दोस्रो खेलमा चार विकेटले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण