सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

हेमन्त धामी क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा ‘डेब्यू’ गर्ने चौथो खेलाडी

सोमबार, २९ माघ २०८०, ०९ : ४३
सोमबार, २९ माघ २०८०

काठमाडौँ । क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको सोमबार जारी तेस्रो खेलमा नेपालका हेमन्त धामीले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका छन् । उनी पहिलो पटक सिनियर टोलीबाट मैदानमा ओर्लिएका हुन् ।

क्यानडाविरुद्धको जारी शृङ्खलामा सिनियर टोलीबाट ‘डेब्यू’ गर्ने हेमन्त चौथो खेलाडी हुन् । यसअघि गत बिहीबार खेलिएको शृङ्खलाको पहिलो खेलमा दुई खेलाडी सूर्य तामाङ र रिजन ढकालले सिनियर टोलीबाट ‘डेब्यू’ गरेका थिए ।

यसैगरी शनिबार खेलिएको शृङ्खलाको दोस्रो खेलमा आकाश चन्दले सिनियर टोलीबाट ‘डेब्यू’ गरेका थिए । पहिलो र दोस्रो खेलमा ‘डेब्यू’ गर्ने तीनैजना खेलाडीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विकेट पनि लिइसकेका छन् ।

सोमबार जारी शृङ्खलाको तेस्रो खेलमा नेपालले टस जितै पहिले बलिङ गर्ने निर्णय लिएको छ । यसअघि नेपाल शृङ्खलाको पहिलो खेलमा सात रन र दोस्रो खेलमा चार विकेटले विजयी भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप