मैतीदेवीमा दुई किशोरीमाथि छुरा प्रहार
सोमबार, २९ माघ २०८०, २२ : ०३
काठमाडौँ । काठमाडौँको मैतीदेवीमा दुई जना किशोरीमाथि छुरा प्रहार गरिएको छ । छुरा प्रहारबाट ललितपुर घर भएकी एक युवती र गोरखा घर भएकी अर्की युवती घाइते भएका छन् । एक जनाको टाउकोमा र अर्की युवतीको घाँटीमा चोट लागेको छ ।
भारतको राजस्थान घर भएर मैतीदेवी बस्ने युवकले छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । माघ २४ मा साँझको घटना भए पनि प्रहरीले घटनाबारे सार्वजनिक गरेको छैन । छुरा प्रहारमा संलग्न युवक भारतबाट आएको र विवाद भएपछि छुरा प्रहार गरेर भागेको प्रहरी अधिकारीहरू बताउँछन् ।
घटना युवकको कोठामा भएको हो । छुरा प्रहारको कारणबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित (तस्बिरहरू)
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण