प्रचण्डलाई कांग्रेसको जवाफ : गठबन्धन फलदायी बनाउन तेस्रो दललाई नेतृत्व दिइयो
काठमाडौं । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले गठबन्धनलाई फलदायी बनाउन निरन्तर लागिपरेको जिकिर गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन लाभदायक नभएको टिप्पणी गरेपछि कांग्रेसले यस्तो बताएको हो ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस सबैभन्दा ठुलो पार्टी भएर पनि माओवादीलाई सरकारको नेतृत्व दिएको भन्दै उसका लागि गठबन्धन लाभदायक नै भएको बताए ।
‘हामीले गठबन्धन फलदायी बनाएकै छौँ । कांग्रेस सबैभन्दा ठुलो पार्टी भएर पनि माओवादीलाई नेतृत्व दिएका छौँ,’ उनले भने । कांग्रेस माओवादीसँगको सहमति र सम्झौता अनुसार अगाडि बढिरहेको भन्दै उनले गठबन्धन कहाँनिर अनकम्फर्टेबल भयो भनेर प्रश्नसमेत गरे ।
‘माओवादीसँगको हाम्रो सहमति सम्झौता अनुसार नै अगाडि बढिराखेका छौँ । अगाडि बढ्न तयार छौँ । माओवादीलाई कहाँनिर गठबन्धन अनकम्फर्टेबल भयो ? बसेर छलफल गरौँला,’ लेखकले रातोपाटीसँग भने ।
सोमबार पार्टी केन्द्रीय समिति बैठकमा सम्बोधनका क्रममा प्रचण्डले राष्ट्रियसभा निर्वाचनमा कोशीमा कांग्रेसबाट भएको अन्तर्घातका साथै विभिन्न घटनाक्रहरु हेर्दा गठबन्धन लाभदायक बन्न नसकेको बताएका थिए । ‘कांग्रेससँगको हाम्रो सहकार्य राजनीतिक दृष्टिकोणले त एउटा आवश्यकता हो । तर, हाम्रो पार्टीको समग्र विकासको दृष्टिकोणले त्यो लाभदायक भएको देखिएन’, प्रचण्डको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण