आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एलियनको संसार खोज्ने टेलिस्कोप बनाउँदै चीन

सोमबार, २९ माघ २०८०, १६ : २६
सोमबार, २९ माघ २०८०

बेइजिङ । चीनले अन्तरिक्षमा एलियनको संसार खोज्न नयाँ टेलिस्कोप बनाइरहेको छ । उत्तर–पश्चिम हिमालयको अग्ला पहाडमा नयाँ टेलिस्कोप जडान गर्ने काम भइरहेको छ । 

यो टेलिस्कोपले नाम जष्ट अर्थात् जियाओतोंग युनिभर्सिटी स्पेक्ट्रोस्कोपिक टेलिस्कोप रहेको छ । यसले बाह्य ग्रहको खोजी गर्नेछ ।

टेलिस्कोप शंघाई जियाओ तोंग युनिभर्सिटीले बनाइरहेको हो । टेलिस्कोप २ वर्षपछि सक्रिय हुनेछ । यसबाट सन् २०२६ देखि एलियनको संसारको जानकारी आउन थाल्ने आशा चीनको छ । यहाँबाट चिनियाँ वैज्ञानिकहरूले अन्तरिक्ष नियाल्नेछन् । बाहिरी ग्रह र एलियनको दुनियाँ खोज्ने कोशिश गर्नेछन् ।

यहाँ लगाइएका टेलिस्कोपमा अपर्चर ४.४ रहेको छ । अर्थात् हरेक टेलिस्कोपले एक पटकमा कयौं टार्गेटमा स्विच गर्न सक्नेछ । चीनको यो टेलिस्कोपबाट अन्तरिक्षमा अरु नयाँ नयाँ खुलासा हुने आशा वैज्ञानिकहरूले गरेका छन् । यो अहिलेसम्मकै सबैभन्दा शक्तिशाली स्पेक्ट्रल टेलिस्कोप हुने बताइएको छ । यसमा हाई–प्रेसिजन स्पेक्ट्रोमिटर रहनेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप