एलियनको संसार खोज्ने टेलिस्कोप बनाउँदै चीन
बेइजिङ । चीनले अन्तरिक्षमा एलियनको संसार खोज्न नयाँ टेलिस्कोप बनाइरहेको छ । उत्तर–पश्चिम हिमालयको अग्ला पहाडमा नयाँ टेलिस्कोप जडान गर्ने काम भइरहेको छ ।
यो टेलिस्कोपले नाम जष्ट अर्थात् जियाओतोंग युनिभर्सिटी स्पेक्ट्रोस्कोपिक टेलिस्कोप रहेको छ । यसले बाह्य ग्रहको खोजी गर्नेछ ।
टेलिस्कोप शंघाई जियाओ तोंग युनिभर्सिटीले बनाइरहेको हो । टेलिस्कोप २ वर्षपछि सक्रिय हुनेछ । यसबाट सन् २०२६ देखि एलियनको संसारको जानकारी आउन थाल्ने आशा चीनको छ । यहाँबाट चिनियाँ वैज्ञानिकहरूले अन्तरिक्ष नियाल्नेछन् । बाहिरी ग्रह र एलियनको दुनियाँ खोज्ने कोशिश गर्नेछन् ।
यहाँ लगाइएका टेलिस्कोपमा अपर्चर ४.४ रहेको छ । अर्थात् हरेक टेलिस्कोपले एक पटकमा कयौं टार्गेटमा स्विच गर्न सक्नेछ । चीनको यो टेलिस्कोपबाट अन्तरिक्षमा अरु नयाँ नयाँ खुलासा हुने आशा वैज्ञानिकहरूले गरेका छन् । यो अहिलेसम्मकै सबैभन्दा शक्तिशाली स्पेक्ट्रल टेलिस्कोप हुने बताइएको छ । यसमा हाई–प्रेसिजन स्पेक्ट्रोमिटर रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण