माओवादी नेता गोरखबहादुर केसीलाई सार्वजनिक खण्डन गर्न निर्देशन
काठमाडौँ । माओवादी केन्द्रले चिनियाँ महिलामाथि हातपात प्रकरणमा पार्टीको स्पष्टीकरणमा परेका वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसीलाई गम्भीर चेतावनीसहित झुटा आरोपको सार्वजनिक रूपमा खण्डन गर्न निर्देशन दिएको छ । शुक्रवार र शनिवार बसेको स्थायी समिति बैठकले परिपत्र जारी गर्दै सार्वजनिक रूपमा खण्डन गर्न निर्देशन दिएको हो ।
‘चिनिया स्वयंसेवी महिलामाथि भएको कुटपिटको सन्दर्भका लिइएको सन्तोषजनक देखिएन । कुटपिट हुनुमा गोरखबहादुर केसीको भूमिका उत्प्रेरित देखिएको तर उहाँले त्यसबारे आत्मालोचना नगर्नुभएको र उल्टो पार्टीका जिम्मेवार कमरेडहरू विरुद्ध झुटो आरोप लगाई सार्वजनिक प्रचारमा लागेको समेत देखिएकाले उहाँलाई गम्भीर चेतावनी दिने र झुटा आरोपको सार्वजनिक खण्डन गर्नका लागि उहाँलाई निर्देशन दिने निर्णय गरियो’, परिपत्रमा उल्लेख छ ।
मङ्सिर २० गते चिनियाँ संस्था ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ की मुख्य निर्देशक सोउ सिच्याङमाथि केसीका सहयोगीले हातपात गरेका थिए । सोही प्रकरणमा पुस २८ गते बसेको माओवादी स्थायी समिति बैठकले केसीसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिई महासचिव देव गुरुङ र कर्णाली प्रदेश अध्यक्ष विमला केसीले राहत सामाग्रीमा भ्रष्टाचार गरेको आरोप लगाएका थिए । नेपालमा गैर कानुनी रूपमा बसेको भन्दै सरकारले निर्देशक सोउलाई डिपोर्ट गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण