बीमा व्यवस्थापन सूचना प्रणाली चैतदेखि लागू हुने
सोमबार, २९ माघ २०८०, १८ : १३
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमा व्यवस्थापन सूचना प्रणाली (आइएमआइएस) लागू गर्ने भएको छ । आगामी चैत्र १ गतेदेखि बीमा व्यवस्थापन सूचना प्रणाली (आइएमआइएस) लागू हुने भएको हो ।
सो प्रणालीका लागि भौतिक, जनशक्ति लगायतका आवश्यक पर्ने पूर्वाधारहरूको व्यवस्थापनका लागि तयारी गर्न बोर्डले आग्रह गरेको छ । सोमबार प्रकाशित सूचनामा भनिएको छ , ‘स्वास्थ्य बीमामा आबद्ध नागरिकहरूले सेवा लिए बापतको शोधभर्ना भुक्तानीका लागि सो प्रणालीमा लागू हुने गरी वास्तविक समयमा दाबी गरिसक्नु पर्ने व्यवस्था गर्न लागेको हुनाले सोही बमोजिम वास्तविक समयमा दाबी गर्न सक्ने गरी भौतिक, जनशक्ति लगायतका आवश्यक पर्ने पूर्वाधारहरूको व्यवस्थापन गरिसक्नु हुन अनुरोध छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण