कपिलवस्तुमा लागुऔषध चरेससहित २ महिला पक्राउ
सोमबार, २९ माघ २०८०, २१ : ४४
बुटवल । कपिलवस्तु प्रहरीले लागुऔषध चरेससहित कृष्णनगर नाका नजिकबाट २ महिलालाई पक्राउ गरेको छ । ईप्रका कृष्णनगरका इन्स्पेक्टर लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलीले सोमबार ४ केजी ९६४ ग्राम लागुऔषध चरेससहित दुई महिलालाई नियन्त्रणमा लिएको हो ।
रोल्पाबाट कपिलवस्तुको कृष्णनगर हुँदै भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीले रोल्पा दुईखोली गाउँपालिका १ बस्ने ३३ वर्षीय रश्मि बुढाको साथबाट ३ केजी १३८ ग्राम र वर्ष ४३ कि तुलसा रोकामगरको साथबाट १ केजी ८२६ ग्राम लागुऔषध चरेस बरामद गरेको हो ।
निजहरूलाई खानतलासी गर्दा कपडाको पेटी बनाई कम्मरमा लुकाइ छिपाई राखेको अवस्थामा बुढाको साथबाट ५ पोका र रोकामगरको साथबाट ४ पोका चरेश फेला परेको हो । उनीहरुमाथि थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण