कपिलवस्तुमा लागुऔषध चरेससहित २ महिला पक्राउ
सोमबार, २९ माघ २०८०, २१ : ४४

बुटवल । कपिलवस्तु प्रहरीले लागुऔषध चरेससहित कृष्णनगर नाका नजिकबाट २ महिलालाई पक्राउ गरेको छ । ईप्रका कृष्णनगरका इन्स्पेक्टर लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलीले सोमबार ४ केजी ९६४ ग्राम लागुऔषध चरेससहित दुई महिलालाई नियन्त्रणमा लिएको हो ।
रोल्पाबाट कपिलवस्तुको कृष्णनगर हुँदै भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीले रोल्पा दुईखोली गाउँपालिका १ बस्ने ३३ वर्षीय रश्मि बुढाको साथबाट ३ केजी १३८ ग्राम र वर्ष ४३ कि तुलसा रोकामगरको साथबाट १ केजी ८२६ ग्राम लागुऔषध चरेस बरामद गरेको हो ।
निजहरूलाई खानतलासी गर्दा कपडाको पेटी बनाई कम्मरमा लुकाइ छिपाई राखेको अवस्थामा बुढाको साथबाट ५ पोका र रोकामगरको साथबाट ४ पोका चरेश फेला परेको हो । उनीहरुमाथि थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्ने तयारी
-
विद्यार्थीहरूलाई गाडीमा अनिवार्य छुट दिन स्ववियु अमृत क्याम्पसको माग
-
देशभरका ६ महानगरमध्ये सबैभन्दा कम बेरुजु विराटनगरमा
-
‘ऊनको स्वीटर’ का दर्शक भेट्न हल पुगे विपिन
-
किरियापुत्री भवन बनाउन महायज्ञ
-
राजनीतिक दलका कार्यकर्तालाई गभर्नर बनाउन खोजियो : सांसद सिंह