कार्यालय सहयोगीमा इन्जिनियर र स्टाफ नर्सको आवेदन !
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाले ६ जना कार्यालय सहयोगीको माग भए पनि आवेदन भने १३२ जनाको परेको छ । जसमा ओभरसियर, स्टाफ नर्स, स्नातक पास गरेका, सब इन्जिनियर, कृषि भेटेरिनरीले पनि आवेदन दिएको पालिकाले जनाएको छ ।
गाउँपालिकाले गत पुस २६ गते एक सूचना प्रकाशित गरी कार्यालय सहयोगी पदमा आवेदन पेस गर्न आव्हान गरेको थियो । उक्त आवेदन अनुसार १३० जनाको आवेदन रितपूर्वक भएको र २ जनाको बदर भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द प्रसाद फुयाँलले जानकारी दिए ।
पालिकाले गाउँपालिका अन्तर्गतको २ वटा स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्र ४ वटाको लागि ६ जना कार्यालय सहयोगीका लागि आवेदन दिन आव्हान गरेको थियो । जसको योग्यता एसएलसी वा एसइई वा सो सरह हुनुपर्ने उल्लेख छ । यस्तै स्थानीय, तोकिएको योग्यता भन्दा माथिल्लो शैक्षिक योग्यता भएको, कम्प्युटरको ज्ञान भएको र ड्राइभिङ लाइसेन्स भएकोलाई प्राथमिकता दिने पालिकाले जनाएको थियो ।

फुयलले शैक्षिक योग्यता र प्राथमिकतामा केही कडाइ गरेको कारण कम आवेदन परेको बताए । ‘हामीले मापदण्डमा अलिक टाइट गरेका थियौँ नभए आवेदकको सङ्ख्या २ सय नाघ्न सक्थ्यो,’ फुयाँलले भने । उनले अझै पनि धेरैको आवेदन परेको कारण छनौट गर्न समस्या देखिएको बताए ।
‘कार्यालय सहयोगीको लागि कडा मापदण्ड बनाउने कुरा पनि भएन । तर, छनौट समितिले योग्य मान्छे कसरी नियुक्ति गर्ने भन्ने विषय टुङ्गो लगाउँछ । विषय भने सहज छैन,’ उनले भने, ‘सङ्ख्या बढी भएकोले कसलाई छान्ने । गाह्रो छ ।’ उनले परीक्षा लिखित गर्ने कि के गर्ने भन्ने विषयमा निर्णय गरिनसकेको पनि जनाए ।
‘प्रतिस्पर्धा धेरै छ । नर्स, ब्याचलर गरेका मान्छे छन् । सब इन्जिनियर, कृषि भेटेरिनरी पढेका मानिसहरूले पनि आवेदन दिएका छन्,’ उनले भने, ‘सायद लिखित नै गर्नुपर्छ होला । नत्र मान्छे छान्न गाह्रो छ । के गर्ने भन्ने विषयको टुङ्गो लागेको छैन ।’ फुयाँलका अनुसार १ वर्षे अवधिको लागि माग गरिएको कार्यालय सहयोगीको मासिक तलब सुविधा २४ हजार हाराहारीको छ ।
कार्यालय सहयोगी भने पनि कार्यालय सहयोगीको मात्रै काम गर्नुपर्ने अवस्था नरहेको उनले बताए । सरकारले कम्प्युटर अपरेटर पद खारेज गरेपछि त्यो पदमा काम गर्नेहरू आव्हान गर्दा पनि कार्यालय सहयोगीकै माग गर्नुपरेको पालिकाहरूले बताउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा जग्गाको विषयमा विवाद हुँदा एक जनाको हत्या, बाबु-छोरा पक्राउ
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण