पश्चिमी वायु र बंगालको खाडीको वायुका कारण देशभर बदली
बुधबार, ०२ फागुन २०८०, १४ : ४३
काठमाडौँ । पश्चिमी वायु र बंगालको खाडीको वायुका कारण काठमाडौं उपत्यकासहित देशभर बदली भएको छ ।
आज बिहानैदेखि देशका विभिन्न स्थानमा बादल र कुहिरो लागेको छ । जल तथा विपद् विज्ञ धर्मराज उप्रेतीकाअनुसार पश्चिम वायु र बङ्गालको खाडीको वायुको प्रभावले बनाएको एन्टीसाइक्लोनको अवस्थाले देशभर नै बादल लागेको छ ।
सुदूरपश्चिम का पहाड र तराई, कोशी प्रदेशमा हल्का पातलो बादल लागेको छ । देशको अन्य भाग कर्णालीदेखि वागमती प्रदेश र मधेस प्रदेशसम्म बादल बाक्लो देखिएको छ । केही भागमा पछिल्लो २४ घण्टामा हल्का वर्षा र हिमाली भेगमा हिमपात भएको उप्रेतीले बताए । बादल आज रातिदेखि नै हटेर जाने र भोलि घाम लाग्ने सम्भावना रहेको रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण