आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
शिखर सम्मेलन

लुम्बिनीमा ‘लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलन’ : पर्यटन विकासमा कस्तो पर्छ प्रभाव ?

बिहीबार, ०३ फागुन २०८०, ११ : ५१
बिहीबार, ०३ फागुन २०८०

रुपन्देही । लुम्बिनी प्रदेश सरकारको आयोजनामा रुपन्देहीको लुम्बिनीमा हुने चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि ‘लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलन’ तयारी तीव्र पारिएको छ । फागुन २८ र २९ मा हुने सम्मेलनमा ९ जना नोबेल पुरस्कार विजेताहरू सहभागी हुँदैछन् । नेपालमै पहिलोपटक हुन लागेको सम्मेलनको तयारी तीव्र बनाएको आयोजक पक्षले जनाएको छ ।

अमेरिकामा सचिवालय रहेको लिडर्सको स्टेरिङ कमिटीमा सन् २०१४ का नोबेल पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीसहित ९ जना रहेका छन् । उनै सत्यार्थीले यो सम्मेलनको संयोजन पनि गरिरहेका छन् । बालबालिकामाथि हुने सबै खाले विभेद अन्त्य गर्न साझा अवधारणा बनाएर बालबालिकाको विकास, संरक्षण र शान्तिको सन्देश दिने उद्देश्यले सम्मेलन गर्न लागिएको हो ।

सङ्घीय सरकारको स्वीकृति र मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेश सरकारको आयोजना र व्यवस्थापनमा फागुन २८ देखि २९ गते (मार्च ११ देखि १३) सम्म लुम्बिनीमा शिखर सम्मेलन हुन लागेको लुम्बिनी मुख्यमन्त्री कार्यालयका सचिव एवं  कार्यक्रम  प्रदेश संयोजक सुमन घिमिरेले रातोपाटीलाई बताए ।

सम्मेलनको तयारीबारे आवश्यक परामर्श गर्न मुख्यमन्त्रीसहित प्रदेश सचिव राधिका अर्याल लगायतको टोली काठमाडौँ पुगेको छ । टोलीले प्रधानमन्त्रीसहित अर्थ र गृहमन्त्रीसँग भेटघाट गर्नेछ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालमा पहिलोपटक हुन लागेको सम्मेलन सफल पार्न चुनौतीपूर्ण भएकाले व्यवस्थापनमा विशेष ध्यान दिनुपरेको बताए ।

6

‘भारतमा प्रवीण मुखर्जीले राष्ट्रपति भवनमा यो सम्मेलन गर्नुभएको थियो । नेपालमा हामीले काठमाडौँबाहिर गरिरहेका छौ । त्यसैले सम्मेलन सफल पार्न धेरै विषयमा ध्यान दिनुपर्ने हुन्छ’, मुख्यमन्त्री चौधरीले रातोपाटीसँग भने, ‘यसकारण पनि सङ्घीय सरकारसँग समन्वयन गरेर काम गरिरहेका छौ ।’

2

परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित १३ सदस्यीय व्यवस्थापन समिति र प्रदेश सरकारका मन्त्रीहरू सहभागी विभिन्न उपसमितिको जिम्मेवारीमा छन् । प्रदेशका कार्यक्रम संयोजक एवं मुख्यमन्त्री  कार्यालयका  सचिव सुमन घिमिरेका अनुसार ती पाहुनाहरूको टिकटक, आवास र सुरक्षाका लागि गृह मन्त्रालयसँगको समन्वयनमा भइरहेको छ ।

सम्मेलनमा को को हुँदैछन् सहभागी ? 

सम्मेलनमा नौ जना नोबेल विजेता सहभागिता हुनेछन् । विश्वकै प्रतिष्ठित नोबेल शान्ति पुरस्कार विजेताहरू सन् २०१५ का अब्देससतार वेन मौसा र विदेद बुसामावुई, २०१४ का भारतका कैलाश सत्यार्थी, २०१३ का विजेता एरी वार्सल, २०११ का विजेताद्वय लेहम बोवी र टवाको कम्र्यान, सन् १९९७ का जोडी विलियम्स, १९९६ का जोजे रामोस ओर्टा र १९९३ का नोबेल शान्ति पुरस्कार विजेता रिचर्ड रोबर्ट्स सहभागी हुनेछन् । उनीहरूको संयोजन  भारतका कैलाश सत्यार्थीले गरेका छन् । 

लुम्बिनीको विकासमा सहयोग पुग्छ : मुख्यमन्त्री चौधरी 

सम्मेलन सम्पन्न गर्न प्रदेश सरकारले ६ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सम्मेलनका क्रममा लुम्बिनी प्रदेशको विकास, सम्भावना र स्रोतको व्यवस्थापनबारे विकासोन्मुख राष्ट्रका प्रतिनिधिहरूसँग प्रदेश सरकारको छुट्टै नीतिगत छलफल गर्नेछ ।

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सम्मेलनस्थल लुम्बिनी छनोट गर्नुमा विश्वमै शान्तिस्थल भनेर चिनिएकाले तय गरिएको बताए । शान्ति र करुणाको सन्देश दिने ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक स्थल लुम्बिनीको ब्रान्डिङ गर्न यो सम्मेलन साधक हुने मुख्यमन्त्री चौधरीको विश्वास छ ।

Dilli-Bahadur-Chaudhari

‘नेपालको आर्थिक विकासमा विकास साझेदारहरू लुम्बिनी खोज्दै आउने वातावरण तयार हुनेछ  । उनीहरूले थप लगानी गर्ने छन् । त्यसबारेमा सम्मेलनमै विभिन्न सेसन चल्नेछन्’, उनले मुख्यमन्त्री चौधरीले भने, ‘लुम्बिनीलाई विश्व बजारमा ब्रान्डिङ गर्ने मुख्य उद्देश्य सम्मेलनको मुख्य उद्देश्य हो ।’ उनले  नेपालको आर्थिक विकास र लुम्बिनीको पर्यटन विकासमा सम्मेलनले दीर्घकालीन योगदान गर्ने दाबी समेत गरे ।

पर्यटन क्षेत्रमा ठुलो प्रभाव छाड्छ : अध्यक्ष जोशी 

raju-joshi

सम्मेलनमा आउने नोबेल पुरस्कार विजेताहरूलाई लुम्बिनी प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गराउने योजना रहेको पर्यटन विकास परिषद् लुम्बिनीका कार्यकारी निर्देशक राजु जोशीले बताए । ‘पाल्पा, प्युठानको स्वर्गद्वारी र बर्दियाका केही स्थानको भ्रमण गराउने तयारी छ ।  नोबेल विजेतासँग नेपाली तथा अन्तर्राष्ट्रिय मिडियाकर्मीहरू पनि लैजाने योजना छ’, अध्यक्ष जोशीको भनाइ छ । 

4

lumbini-1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप