फतुवा विजयपुरको सातौँ नगरसभाद्वारा ४८ करोड बढीको बजेट पारित
रौतहट । ४८ करोड भन्दा बढीको बजेट पारित गर्दै फतुवा विजयपुर नगरपालिकाको सातौँ नगरसभा सम्पन्न भएको छ। कार्यवाहक प्रमुख अम्बेया खातुनको अध्यक्षतामा फतुवा विजयपुरको सातौँ नगरसभा नगरपालिकाको सभाकक्षमा बिहीबार सम्पन्न भएको हो।
सातौँ नगरसभामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले चालु आर्थिक वर्ष २०८०र ८१ का लागि कुल ४८ करोड पाँच लाख ८८ हजार दुईसय रूपैयाँको बजेट सार्वजनिक गरेका थिए। नेपाल सरकारको सङ्घीय बजेटबाट समानीकरण अनुदान, सशर्त अनुदान, पुँजीगत अनुदान, गरि जम्मा ३२ करोड ४१ लाख १२ हजार विनियोजन गरिएको छ ।
सङ्घीय राजस्व बाँडफाँडबाट नौ करोड ८२ लाख १४ हजार २ सय, मालपोत दस्तुर बाट ३० लाख, जग्गा रजिष्ट्रेशन बाँडफाँड बाट एक करोड २० लाख, प्रदेश सरकारबाट प्राप्त हुने सवारी साधन कर बाट २५ लाख र समानीकरण अनुदान रु। ८० लाख ६२ हजार, समपुरक अनुदान २० लाख, विशेष अनुदान ३० लाख, सशर्त पुँजीगत ८० लाख, आन्तरिक श्रोत बाट एक करोड ५० लाख र सडक बोर्ड बाट प्राप्त हुने अनुदान ४७ लाख रहेको उपसचिव प्रधानले वाचन गरेका थिए।
अधिकृत प्रधान नगर सभाले शिक्षा , स्वास्थ्य , भौतिक पूर्वधार , कृषि र खानेपानी लगाएका क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताएका थिए।
सम्पन्न नगरसभामा ११ वटै वडाका अध्यक्ष सहित कार्यपालिकाको बहुमत सदस्यको उपस्थिति रहेको थियो । निलम्बित मेयर गोपाल प्रसाद यादव भने अनुपस्थित रहेका थिए। लाल बकैया नदीको टेन्डरमा अख्तियारद्वारा दोषी ठहर भएर विशेष अदालतले १५ लाख जरिवाना र ३ वर्ष कैदको फैसला सुनाएको थियो।
फैसलासँगै मेयर यादवको पद धरापमा परेपछि उपमेयर खातुन कार्यवाहक बनेकी थिइन्। कार्यवाहीको जिम्मेवारी पाएपछि खातुन र कांग्रेस पार्टीबाट निर्वाचित ७ जना वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूसँग सहमति नहुँदा ७ महिना ढिलो नगरसभा भएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण