शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश स्थापनाको ६ वर्ष पूरा, आज सार्वजनिक बिदा

शुक्रबार, ०४ फागुन २०८०, ०७ : ५६
शुक्रबार, ०४ फागुन २०८०

पोखरा । गण्डकी प्रदेश सरकार स्थापनाको ६ वर्ष पूरा भएको छ । २०७४ साल फागुन ४ गते नेकपा एमालेका नेता पृथ्वी सुब्बा गुरुङ नेतृत्वका सरकार गठन भएको दिनलाई प्रदेशले सरकार स्थापना दिवस मनाउँछ ।

आज स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको छ । यो अवधिमा गण्डकीले ४ जना मुख्यमन्त्री पाइसकेको छ । ६ वर्षसम्म पनि लय नसमातेको भन्दै प्रदेश संरचना प्रति आलोचना बढेको छ ।

स्थापना दिवसको अवसरमा सरकारले औपचारिक समारोह आयोजना गरेको छ । मुख्यमन्त्री कार्यालयमा हुने कार्यक्रममा निजामती कर्मचारीहरूलाई पुरस्कृत गर्ने कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप