नाभाल्नीको मृत्युमा पुटिन जिम्मेवार : बाइडेन

वासिङ्टन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एलेक्सी नाभाल्नीको मृत्युमा अमेरिकी राष्ट्रपति जो बाइडेन प्रतिक्रिया दिँदै यसका लागि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई जिम्मेवार ठहर गरेका छन् । अमेरिकी राष्ट्रपतिले शुक्रबार पुटिनका आलोचक र विपक्षी नेता एलेक्से नाभाल्नीको मृत्युले आफूलाई अचम्मित नतुल्याएको तर आफूलाई क्रुद्ध बनाएको बताएका हुन् ।
बाइडेनले नाभाल्नीको बारेमा भने, ‘उनी साहसका साथ भ्रष्टाचार, हिंसा र पुटिन सरकारका सबै खराब कामहरूविरुद्ध खडा भए। नाभाल्नीको मृत्युको लागि पुटिन जिम्मेवार छन्।’
रुसी जेल अधिकारीहरूले शुक्रबार अलेक्सई नाभाल्नीको मृत्यु भएको जानकारी दिएका छन्। उनी ४७ वर्षका थिए । अनलाइन जारी गरिएको एक विज्ञप्तिमा भनिएको नाभाल्नी अस्वस्थ देखिन्थे, जसको केही समय पछि उनी बेहोस भए र उनको मृत्यु भयो। विज्ञप्तिमा डाक्टरहरू तुरुन्तै नाभाल्नी कहाँ पुगे पनि उनलाई बचाउने सबै प्रयास असफल भएको जिकिर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन