नाभाल्नीको मृत्युमा पुटिन जिम्मेवार : बाइडेन
वासिङ्टन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एलेक्सी नाभाल्नीको मृत्युमा अमेरिकी राष्ट्रपति जो बाइडेन प्रतिक्रिया दिँदै यसका लागि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई जिम्मेवार ठहर गरेका छन् । अमेरिकी राष्ट्रपतिले शुक्रबार पुटिनका आलोचक र विपक्षी नेता एलेक्से नाभाल्नीको मृत्युले आफूलाई अचम्मित नतुल्याएको तर आफूलाई क्रुद्ध बनाएको बताएका हुन् ।
बाइडेनले नाभाल्नीको बारेमा भने, ‘उनी साहसका साथ भ्रष्टाचार, हिंसा र पुटिन सरकारका सबै खराब कामहरूविरुद्ध खडा भए। नाभाल्नीको मृत्युको लागि पुटिन जिम्मेवार छन्।’

रुसी जेल अधिकारीहरूले शुक्रबार अलेक्सई नाभाल्नीको मृत्यु भएको जानकारी दिएका छन्। उनी ४७ वर्षका थिए । अनलाइन जारी गरिएको एक विज्ञप्तिमा भनिएको नाभाल्नी अस्वस्थ देखिन्थे, जसको केही समय पछि उनी बेहोस भए र उनको मृत्यु भयो। विज्ञप्तिमा डाक्टरहरू तुरुन्तै नाभाल्नी कहाँ पुगे पनि उनलाई बचाउने सबै प्रयास असफल भएको जिकिर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण