लागूऔषधसहित दुई जना पक्राउ
काठमाडौँ । देशका विभिन्न स्थानबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले म्याग्दी र कैलाली जिल्लाबाट उनीहरूलाई पक्राउ गरेको हो ।
म्याग्दीको बेनी नगरपालिका-८ पिपल चोकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ करिब ४ किलो ४६ ग्रामसहित मालिका गाउँपालिका-२ रूम बस्ने ३४ वर्षीय तिलक बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
उता कैलालीको धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ५ सय मिलिग्रामसहित गोदावरी नगरपालिका बस्ने २३ वर्षीय नरेश बोहरालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण