बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

लागूऔषधसहित दुई जना पक्राउ

शनिबार, ०५ फागुन २०८०, १७ : ३०
शनिबार, ०५ फागुन २०८०

काठमाडौँ । देशका विभिन्न स्थानबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले म्याग्दी र कैलाली जिल्लाबाट उनीहरूलाई पक्राउ गरेको हो ।

म्याग्दीको बेनी नगरपालिका-८ पिपल चोकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ करिब ४ किलो ४६ ग्रामसहित मालिका गाउँपालिका-२ रूम बस्ने ३४ वर्षीय तिलक बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

उता कैलालीको धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ५ सय मिलिग्रामसहित  गोदावरी नगरपालिका बस्ने २३ वर्षीय नरेश बोहरालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप