सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति पौडेल आइतबार शालीनदी जाँदै, शंखरापुर नगरपालिकाले गर्‍यो यस्तो तयारी

शनिबार, ०५ फागुन २०८०, २० : ४६
शनिबार, ०५ फागुन २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार शंखरापुर नगरपालिकास्थित शाली नदीमा श्रीस्वास्थानीको दर्शन गर्न जाने भएका छन् । बिहान ९ बजे साँखु पुग्न लागेका राष्ट्रपतिको स्वागतका लागि तयारी पूरा भएको शंखरापुर नगरपालिकाले जनाएको छ ।

shankharapur

कार्यवाहक नगरप्रमुख समिति श्रेष्ठले भनिन्– ‘भोलि राष्ट्रपतिज्यू शाली नदीमा श्री स्वस्थानी माधवनारायणको दर्शन गर्न आउँदै हुनुहुन्छ । शाली नदीमा इतिहासमै पहिलोपटक राष्ट्रप्रमुखले दर्शन गर्दै हुनुहुन्छ । बिहान ९ बजे सुरुमा उहाँले शाली नदीमा गएर माधवनारायणको दर्शन गर्नुहुन्छ । त्यसपछि माथि स्वस्थानीको मन्दिरमा आएर दर्शन गर्नुहुन्छ । त्यसपछि बज्रयोगिनी मन्दिरमा दर्शन गर्नुहुन्छ । नगरपालिकाले राष्ट्रपतिको भ्रमणका लागि सम्पूर्ण तयारी गरेको छ ।’

शाली नदी मेलामा इतिहासमै पहिलोपटक राष्ट्रप्रमुख श्री स्वस्थानी माधव नारायणको दर्शन गर्न जान लागेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप