उत्कृष्ट सेवाग्राहीतर्फ राससले रातोपाटीलाई सम्मान गर्ने

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) ले उत्कृष्ट सेवाग्राहीतर्फ रातोपाटीलाई सम्मान गर्ने भएको छ । शनिबार बसेको रासस सञ्चालक समितिको बैठकले संस्थाको ६३ औँ वार्षिकोत्सवका अवसरमा रातोपाटीलाई सम्मान गर्ने निर्णय गरेको हो । बैठकले रेडियो नेपाल र प्रतीक दैनिक वीरगञ्जलाई पनि सम्मान गर्ने निर्णय गरेको छ ।
त्यस्तै विभिन्न विधामा कलम चलाउने राससकर्मीलाई पनि सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय बैठकले गरेको छ । बैठकले उत्कृष्ट जिल्ला समाचारदातातर्फ रुपनी जिएम (बाँके) (महिला), मनोज दाहाल (मोरङ) र नीरञ्जनकुमार साह (धनुषा) लाई पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।
त्यसैगरी उत्कृष्ट आलेखतर्फ रामविकास चौधरी (रुपन्देही) (शीर्षक) ‘चमेराको जीवनचक्र सङ्कटमा’ र उत्कृष्ट सम्पादनतर्फ कृष्णप्रसाद सापकोटालाई प्रदान गरिने भएको छ ।
उत्कृष्ट समाचार सङ्कलनतर्फ अशोक घिमिरे, उत्कृष्ट फोटो तथा श्रव्यदृश्यबाट सुरेश आचार्य, उत्कृष्ट कर्मचारीतर्फ राजेशकुमार श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको राससका महाप्रबन्धक सिद्धराज राईले जानकारी दिए । पुरस्कारको राशि जनही रु २० हजार रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हावाहुरीका कारण फेवातालमा पल्टिएको डुङ्गामा सवार सबैको उद्वार, एक जनाको उपचार हुँदै
-
तीनकुने घटना : मिश्र र प्रसाईँसहित २४ जनालाई ५ दिन म्याद थप
-
सोती घटना : उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरूद्ध न्याय परिषद्मा उजुरी
-
काठमाडौँ महानगरले गर्यो अस्पताललाई ५० हजार जरिवाना
-
राष्ट्रिय गौरवका आयोजना नीति तथा कार्यक्रममा किन समेटिएन ?
-
फेवातालमा पर्यटक सवार डुङ्गा पल्टियो