उत्कृष्ट सेवाग्राहीतर्फ राससले रातोपाटीलाई सम्मान गर्ने
काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) ले उत्कृष्ट सेवाग्राहीतर्फ रातोपाटीलाई सम्मान गर्ने भएको छ । शनिबार बसेको रासस सञ्चालक समितिको बैठकले संस्थाको ६३ औँ वार्षिकोत्सवका अवसरमा रातोपाटीलाई सम्मान गर्ने निर्णय गरेको हो । बैठकले रेडियो नेपाल र प्रतीक दैनिक वीरगञ्जलाई पनि सम्मान गर्ने निर्णय गरेको छ ।
त्यस्तै विभिन्न विधामा कलम चलाउने राससकर्मीलाई पनि सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय बैठकले गरेको छ । बैठकले उत्कृष्ट जिल्ला समाचारदातातर्फ रुपनी जिएम (बाँके) (महिला), मनोज दाहाल (मोरङ) र नीरञ्जनकुमार साह (धनुषा) लाई पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।
त्यसैगरी उत्कृष्ट आलेखतर्फ रामविकास चौधरी (रुपन्देही) (शीर्षक) ‘चमेराको जीवनचक्र सङ्कटमा’ र उत्कृष्ट सम्पादनतर्फ कृष्णप्रसाद सापकोटालाई प्रदान गरिने भएको छ ।
उत्कृष्ट समाचार सङ्कलनतर्फ अशोक घिमिरे, उत्कृष्ट फोटो तथा श्रव्यदृश्यबाट सुरेश आचार्य, उत्कृष्ट कर्मचारीतर्फ राजेशकुमार श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको राससका महाप्रबन्धक सिद्धराज राईले जानकारी दिए । पुरस्कारको राशि जनही रु २० हजार रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण