फ्रेन्च लिग–१ फुटबलमा पीएसजीको जित
काठमाडौँ । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेइन पीएसजी विजयी भएको छ । शीर्ष स्थानको पीएसजीले नान्टेसलाई २–० गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा हर्नान्डेज र एम्बाप्पेले एक गोल गोल गरेका थिए । लुकास हर्नान्डेजले ६० औँ मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ७८ औँ मिनेटमा केलियन एम्बाप्पेले पेनाल्टीमा गोल गरेपछि पीएसजी २–० को सहज जित निकाल्न सफल भयो ।
जितपछि शीर्ष स्थानको पीएसजीले ५३ अंक बनाएको छ । पराजित भएको नान्टेस २२ अंकका साथ १३ औँ स्थानमा छ । पीएसजीले दोस्रो स्थानमा रहको नाइसलाई १४ अंकले पछि पारेको छ । फ्रेन्च लिगकै अर्को खेलमा लिलेले लीहाभ्रेलाई ३–० गोल अन्तरले पराजित गर्न सफल भयो ।
लिलेको जितमा जोनाथन डेभिडले ह्याट्रिक गरेका थिए । उनले १४, ४४ औँ र ४९ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।जितसँगै लिले ३८ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ भने लि हाभ्रे २४ अंकका साथ १२ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण