युक्रेनले थप हतियार नपाए युरोपलाई ‘विनाश’बाट बचाउन गाह्रो : जेलेन्स्की
किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले थप हतियारको माग गरेका छन् । युक्रेनले थप हतियार नपाउने हो भने युरोपलाई ‘विनाश’बाट बचाउन गाह्रो हुने जेलेन्स्कीले बताएका छन् । अहिले हतियारको कृत्रिम अभाव सिर्जना भएको छ । यसले रुसलाई मात्र फाइदा पुग्ने जेलेन्स्कीले जर्मनीमा एक अन्तर्राष्ट्रिय सम्मेलनमा भनेका हुन् ।
उनका अनुसार युक्रेनी सेनासँग हतियार र गोला बारुद सकिएको छ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने अमेरिकी संसदमा युक्रेनलाई आर्थिक सहयोग गर्ने प्रस्तावलाई अड्किएको पनि उनले बताए ।
आफू ट्रम्पसँग सीमामा जान पनि तयार रहेको उनले बताए । ‘यदि ट्रम्प सत्तामा फर्किए भने म उनीसँग सीमामा जान तयार छु । मेरो मतलब वास्तविक युद्धसँग हो । इन्स्टाग्राममा लडिरहेको युद्धसँग होइन । म वास्तविक रणभूमिको कुरा गर्दैछु,’ जेलेन्स्कीले भने । युक्रेनको पूर्वी सहर एभडिभकाबाट युक्रेनले आफ्ना सेना फिर्ता बोलाएका छन् । यस सहरमा युक्रेनी सेनाले हतियार र गोलाबारुदको अभाव भोगिरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण