संसदमा एमालेको प्रश्न : सिपाहीलाई डन्डा, मन्त्रीलाई झन्डा ?
काठमाडौँ । नेकपा एमालेले बालकुमारी घटनामा जोडिएका भौतिक मन्त्री प्रकाश ज्वालालाई जिम्मेवारीबाट तत्काल हटाउन माग गरेको छ । आइतबारको संसद बैठकमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले घटना छानबिनका लागि सरकारले गठन गरेको जाँचबुझ आयोगले नै मन्त्री दोषी देखाएको अवस्थामा त्यस्ता मन्त्रीलाई पदमा राखिरहन उपयुक्त नहुने भन्दै तत्काल हटाउन माग गरेको हो ।
उनले सरकारले बनाएको आयोगले दोषी ठानेका मन्त्रीहरूलाई जिम्मेवारीमा राखेर विधिको शासन सुशासन अघि बढाउन सक्छौ भनेर सदनमार्फत सरकारको ध्यानाकर्षण गराए । ‘सिपाहीलाई डन्डा र मन्त्रीलाई झन्डा किन ?’, बर्तौलाले प्रश्न गरे । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिने अर्का एक मन्त्री समेत मन्त्रीका रूपमा राखेर प्रधानमन्त्रीको सुशासनको सुगारटाई नसुन्ने भन्दै भ्रष्टाचार र अनियमिततामा जोडिएका मन्त्रीहरू सरकारमा राखेर कहीँ नपुगिने बताए ।
त्यस्तै उनले रामग्राम क्षेत्रको जग्गा निजी क्षेत्रलाई दिने सरकारको निर्णय लेखा समितिका कारण रोकिए पनि त्यस प्रकरणमा भ्रष्टाचारको गन्ध आएको बताए । उनले यी र यस्ता घटनाले देशको शिर निहुरिएको भन्दै भ्रष्टाचारमा मुछिएकाहरूलाई बर्खास्त गर्न माग गर्दै सभामुखसँग रुलिङको माग गरे ।
त्यसपछि एमाले सांसद उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसमेत संसद बैठकमा सहभागी भएकाले ध्यानाकर्षण भएको भन्दै बस्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण