जाँचबुझ आयोगको प्रतिवेदन अध्ययनपछि आवश्यक कारबाही गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाका दोषीमाथि कारबाही हुने बताएका छन् । घटनाबारे छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले दिएको प्रतिवदन आफूले अध्ययन गर्न बाँकी रहेको भन्दै प्रधानमन्त्रीले प्राप्त हुनासाथ अध्ययन गरेर सम्बन्धितलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।
सांसदहरुले सो घटनाका दोषी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गरेपछि प्रधानमन्त्रीले आजै प्रतिवेदन बुझेर अध्ययन गरेपछि आवश्यक कारबाही हुने संसदलाई सम्बोधन गर्दै बताएका हुन् । ‘मेरै प्रस्तावमा छानबिन समिति बनेको हो। छानबिन समितिले प्रतिवेदन दिएको छ । तर मैले हेर्न पाएको छैन । आजै मैले प्रतिवेदन बुझ्दै छु र क्याबिनेट पनि आजै छ’, प्रचण्डले संसदमा भने, ‘अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ ।’
उनले बालकुमारी घटनामा सरकारले लिएको पहलबारे गलत बुझाइ भएको आफूले पाएको पनि बताए । उनले मृतकका परिवारलाई १० लाख दिनेमात्रै नभई सरकारले गम्भीरता देखाउँदै छानबिन आयोग बनाएको पनि बताए । यस्तै मृतकका एक जना परिवारलाई रोजगारीको व्यवस्था गरिनुका साथै श्रम मन्त्रालयमार्फत थप आर्थिक सहयोगको पहल भइरहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनीसँगै स्थानीय र पश्चिमी वायु थप सक्रिय, आज यी प्रदेशमा हुनेछ धेरै भारी वर्षा
-
‘रातो झण्डा’ झुन्ड्याएर बाढीसँग लडिरहेको एउटा साहसी गाउँ
-
आजका लागि विदेशी मुद्राको विनिमय दर
-
तेहरानकाे टिभी स्टुडियोमा आक्रमण हुँदा एक कर्मचारीको मृत्यु
-
चौपायामा खोरेतरोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला
-
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला