कीर्तिपुरमा जुवातास खेलिरहेका २३ जना पक्राउ
आइतबार, ०६ फागुन २०८०, १२ : ३०
काठमाडौँ । काठमाडौँको कीर्तिपुरका विभिन्न स्थानमा जुवातास खेलिरहेका २३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
कीर्तिपुर नगरपलिका-६ बस्ने ३८ वर्षीय मनिकराम महर्जनको टहरामा जुवातास खेलिरहेको अवस्थामा महर्जन समेत १५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ५ सय ९९ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी कीर्तिपुर नगरपालिका-१ अमृतनगर बस्ने ५१ वर्षीय भक्त बहादुर राईको टहरामा जुवातास खेलिरहेको अवस्थामा राई समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार रुपैयाँ र ९ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण