मधेश प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित
आइतबार, ०६ फागुन २०८०, १५ : ०९
वीरगन्ज । मधेश प्रदेशसभा बैठक दश मिनेटका लागि स्थगित गरिएको छ । सदन सुरु हुने बितिकै जनतम पार्टीले बैठकअवरुद्ध गरेपछि सभामुखले १० मिनेटका लागि सदन स्थगित गरिएको सूचना दिएका छन् ।
जनमत पार्टीका प्रमुख सचेतक चन्दन सिंहले मुख्यमन्त्रीकै उपस्थितिमा ९ माघमा कृषि विश्वविद्यालयको शिलान्यासमा क्याबिनेट मन्त्रीमाथि हमला भएको टिप्पणी गरेका थिए ।
सदन सुरु हुनुभन्दा पहिला त्यसको जवाफ चाहिएको भन्दै जनमत पार्टीले सदन चल्न नदिएपछि प्रदेश सभामुख रामचन्द्र मण्डलले सदन स्थगनबारे जानकारी गराएका थिए ।
सप्तरीमा भएको घटनाप्रति मुख्यमन्त्रीले क्षमायाचना माग्नुपर्ने जनमत पार्टीले सदनमा माग गरेको छ ।
आज मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिनका लागि प्रदेशसभा बैठक सुरु भएको थियो । सदन सुरु भएको एक मिनेटमै जनतमको अवरुद्धपछि बैठक स्थगन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण