ट्रम्पले ल्याए आफ्नै ब्रान्डको जुत्ता
वाशिङटन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति तथा आगामी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीको प्रबल उम्मेदवार डोनल्ड ट्रम्पले जुत्ता लन्च गरेका छन् । अमेरिकाको एक अदालतले ३५ करोड डलर जरिवाना लगाएपछि ट्रम्पले आफ्नै नामको ब्राण्डबाट जुत्ता लन्च गरेका हुन् । जुत्ता फिलाडेल्फियाको स्नीकर कोनमा लन्च गरिएको थियो । यहाँ स्नीकर फ्यानहरूको जमघट भइरहन्छ ।
ट्रम्पले यी जुत्ताहरू लन्च गरिहँदा केहीले उनलाई गिज्याउने प्रयास गरिरहेका थिए भने कतिपयले उनलाई प्रोत्साहित गरिरहेका थिए । सुनौलो रंगका यी जुत्ता अनलाइन पसलमा ३९९ डलरमा बिक्री भइरहेका छन् । केही दिनअघि न्युयोर्कको एक अदालतले ट्रम्पलाई आफ्नो सम्पत्ति बढाई चढाई गरेर देखाएको आरोपमा ३५ करोड डलरभन्दा बढी जरिवाना लगाएको थियो । अहिलेसम्म ट्रम्पले आफूलाई सफल व्यवसायीको रूपमा प्रस्तुत गरेका थिए । यो जरिवाना उनका लागि ठूलो झट्का थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण