ट्रम्पले ल्याए आफ्नै ब्रान्डको जुत्ता

वाशिङटन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति तथा आगामी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीको प्रबल उम्मेदवार डोनल्ड ट्रम्पले जुत्ता लन्च गरेका छन् । अमेरिकाको एक अदालतले ३५ करोड डलर जरिवाना लगाएपछि ट्रम्पले आफ्नै नामको ब्राण्डबाट जुत्ता लन्च गरेका हुन् । जुत्ता फिलाडेल्फियाको स्नीकर कोनमा लन्च गरिएको थियो । यहाँ स्नीकर फ्यानहरूको जमघट भइरहन्छ ।
ट्रम्पले यी जुत्ताहरू लन्च गरिहँदा केहीले उनलाई गिज्याउने प्रयास गरिरहेका थिए भने कतिपयले उनलाई प्रोत्साहित गरिरहेका थिए । सुनौलो रंगका यी जुत्ता अनलाइन पसलमा ३९९ डलरमा बिक्री भइरहेका छन् । केही दिनअघि न्युयोर्कको एक अदालतले ट्रम्पलाई आफ्नो सम्पत्ति बढाई चढाई गरेर देखाएको आरोपमा ३५ करोड डलरभन्दा बढी जरिवाना लगाएको थियो । अहिलेसम्म ट्रम्पले आफूलाई सफल व्यवसायीको रूपमा प्रस्तुत गरेका थिए । यो जरिवाना उनका लागि ठूलो झट्का थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उखुमा अनुदान कटौतीले मारमा किसान, चिनी उद्योग के होला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन