गौतमबुद्ध साझेदारी वनमा भ्रष्टाचार : राप्रपाका प्रदेश सांसदसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । कपिलवस्तुस्थित गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले ठेकेदारसँगको मिलेमतोमा ३७ हजार क्यूफिट काठको २९ लाख १२ हजार एक सय ९३ रुपैयाँ ६५ पैसा गोलमाल गरेको भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार लुम्बिनी प्रदेशका प्रदेश सांसद जानकीप्रसाद यादवसहित समितिका तत्कालीन पदाधिकारी र ठेकेदारसहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष २०७४/०७५ मा गौतमबुद्ध साझेदारी वनमा ६ वटा कटान प्लटहरूको ३७ हजार क्यूफिट काठ काटी निकाल्ने ठेक्का स्वीकृत गराई कर्मचारीहरुसँग मिलेमतो गरेर बिक्री गरेको अभियोग उनीहरूमाथि छ । ८०३ वटा रुखहरू काट्दा त्यसबाट निस्किएको ३५ हजार ७ सय ७८ दशमलव १० क्यूफिट काठ र ४९.२३ क्विन्टल चट्टा दाउरा सङ्कलन गर्नुपर्नेमा नापजाँच मूल्यांकन परिमाणभन्दा कम परिमाणमा काठ उत्पादन सङ्कलन भएको देखाएर भ्रष्टाचार गरेको आरोप पत्रमा उल्लेख छ ।
६ वटा प्लटमध्ये चार वटा प्लटबाट ९ लाख ३९ हजार एक सय ३५ रुपैयाँ ४० पैसा बराबरको वन पैदावार र दुई वटा कटान प्लटबाट १९ लाख ७३ हजार ८५ रुपैयाँ २५ पैसा बराबरको बन पैदावार हिनामिना र हानी नोक्सानी गरेको आयोगका प्रवक्ता एवं सहसचिव नरहरि रेग्मीले बताए ।
लुम्बिनी प्रदेशका सांसद यादवको हकमा २९ लाख १२ हजार एक सय ९३ रुपैँया ६५ पैसा बिगो कायम गरी कैदसजायको मागदाबी गरिएको छ । आयोगले तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, डिभिजनल बन अधिकृत दुर्गाबहादुर कार्की, समितिको कार्यान्वयन इकाईका तत्कालीन संयोजक एवम् वन अधिकृत महेन्द्रराज वाग्ले, डिभिजन वन कार्यालय कपिलवस्तुका रेन्जर हेमराज पण्डित, सोही डिभिजनका तत्कालीन सहायक वन अधिकृत शिव शंकर प्रसाद, गणेश कुमार थारु, प्रदेश वन कार्यालय रुपन्देहीका सहायक वन अधिकृत टोलकराज चापागाईं, सब डिभिजन वन कार्यालय गुगौली कपिलवस्तुका सहायक वन अधिकृत लालबाबु झा, इलाका वन कार्यालय जबाबैराठका तत्कालीन सहायक वन अधिकृत नागेन्द्र सिंह राजपुत, सब डिभिजन वन कार्यालय गुगौलीका वन रक्षक सञ्जय थारु, फरेष्टर राम रक्षाकुर्मी लगायत १९ जनालाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार मुद्दा दर्ता गरेको छ ।
आयोगले गोरखा मनकामना काष्ठ फर्निचर उद्योगका सञ्चालक एकनाथ घिमिरे र ए आर काष्ठ दाउरा खरिद बिक्री सेन्टरका प्रोपाइटर गिता जिसीलाई भने क्रमशः ९ लाख ३९ हजार एक सय ३५ रुपैयाँ ४ पैसा र १९ लाख ७३ हजार ५८ रुपैयाँ २५ पैसा बिगो जरिवानाको मागदाबी गरेको छ । बाँकी सबैको हकमा २९ लाख १२ हजार एक सय ९३ रुपैयाँ ६५ पैसा बिगो कायम गरि कैदसजायको मागदाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण