बागमती प्रदेशसभाको अधिवेशन १५ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय
हेटौंडा । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन फागुन १५ गतेका लागि आह्वान गर्ने भएको छ । प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन १५ गते ३ बजेका लागि हिउँदे अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णय अनुसार उक्त दिनका लागि प्रदेशसभाको अधिवेशन प्रदेश प्रमुखले आह्वान गर्नेछन् । मन्त्रिपरिषद् निर्णय अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाले प्रदेशसभा अधिवेशन आह्वान गर्न पत्राचार गर्ने प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री बहादुरसिहं लामाले जानकारी दिए ।
उनका अनुसार फागुन १३ मा सर्वदलीय बैठक बोलाउने सरकारको योजना रहेको छ । १३ गते दिउँसो सर्वदलीय बैठक बसेर संसद्को कार्यसूची तथा सत्तापक्ष र विपक्ष बिचको विगतको विवाद समाधान गर्ने योजना रहेको उनले बताए । सर्वदलीय बैठक सरकारका तर्फबाट प्रदेशसभाका सभामुखले डाक्ने गरी संसद् सचिवालयलाई पत्राचार गरिने उनले बताए ।
सो बैठकमा सरकार र प्रतिपक्ष दलहरुबिचको विवाद, बजेट पारित गर्दाको समयमा भएको सहमतिका विषयमा समझदारी बनाउने तयारी गरिएको मन्त्री लामाले बताए । संसद् सञ्चालन र बजेट माथिको सहमतिका विषयमा प्रतिपक्षसँग पनि समन्वय गर्ने काम भइरहेको उनको भनाई छ ।
गत असोज २२ गतेदेखि प्रदेशसभा बैठक बस्न सकेको छैन । २२ गते संसद्को वर्षे (बजेट) अधिवेशन अन्त्य गरिएको ४ महिना पुरा भइसक्दा पनि हिउँदे अधिवेशन आह्वान गर्ने सकिएको थिएन । सरकार र प्रतिपक्ष दलहरुबिचको द्वन्द्वका कारण संसद् अधिवेशन डाक्ने विषयमा समस्या हुँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण